वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु
उदयपुर । उत्तरी तथा मध्यपहाडी क्षेत्रका तीन गाउँपालिका रौतामाई, ताप्ली र लिम्चुङबुङ लक्षित वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु भएको छ । यससँगै लामो समयदेखि यस क्षेत्रका जनताले भोग्दै आएको खानेपानीको समस्याका कारण बसाइँ सर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई तथा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङराज विकका अनुसार ठूलो प्रयासपछि सुनकोशीबाट लिफ्टिङ गरेर पानी ल्याउने वृहत योजना सुरु भएको राससलाई बताए । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरको आर्थिक व्यवस्थापनमा रु एक अर्ब ५८ करोड १६ हजार पाँच सय ५० लागतमा आयोजनाको कार्य सुरु भएको हो ।
फिल्ड इञ्जिनियर सुजित महतोका अनुसार लिम्चुङबुङ गाउँपालिकाको वडा नं १ देखि ५ सम्म, रौतामाई गाउँपालिकाको वडा नं १ देखि ३ सम्म र ताप्ली गाउँपालिका वडा नं १ देखि ५ सम्मका जनता यसबाट लाभान्वित हुनेछन् । योजनाको पहिलो चरण्मा ट्याङ्की निर्माण र पाइप व्यवस्थापन काम सुरु गरिएको उनको भनाइ छ । दोस्रो चरणमा तीन वटा स्थानका ठूला ट्याङ्कीमा पानी जम्मा गर्ने र तेस्रो चरणमा धारा जडान र पानी वितरण हुनेछ । योजनाबाट लिम्चुङबुङ गाउँपालिकाका झण्डै तीन हजार, रौतामाका दुई हजार र ताप्लीका तीन हजार पाँच सय घरपरिवार लाभान्वित हुनेछन् ।
विसं २०५१ मा यस क्षेत्रमा खानेपानी ल्याउका लागि सुनकोशीको पानी लिफ्टिङ गरी वितरण गर्ने भनिए पनि हालसम्म यसले मूर्तरुप पाउन सकेको थिएन । आयोजना निर्माणका लागि स्थानीय उपभोक्ताले बेहोर्नुपर्ने एक प्रतिशत रकम गाउँपालिकामार्फत जम्मा भइसकेको पालिकाका अध्यक्षहरुले बताएका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया