सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ मा अवस्थित बरुन्त्से हिमाल सफाइ अभियान सुरु भएको छ । नेपाली सेनाले बिहीबारदेखि बरुन्त्से हिमाल सफाइ अभियान सुरु गरेको हो ।
अभियानका लागि नेपाली सेनाका मेजर समिर बहादुर बस्नेतको नेतृत्वमा नौ जना तालिमप्राप्त नेपाली सेना र १४ जना शेर्पा गरी २३ जनाको टोली खटिएका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले खादा लगाई शुभकामनासहित बिदाइ गरेका छन् । टोलीले सात हजार एक सय २९ मिटर उचाइ भएकोे बरुन्त्से हिमालको आधार शिविर ५६ सय मिटर उचाइदेखि सफाइ अभियान थाल्ने अभियानका संयोजक मेजर बस्नेतले बताए ।
उक्त अभियानमार्फत हिमालमा रहेका विभिन्न क्यानका बट्टा, प्लास्टिक, कपडा, रबरलगायतका फोहोर संकलन गरिनेछ । टोलीले कम्तीमा १० टक फोहोर संकलन गर्ने लक्ष्य लिएको छ भने संकलित फोहोर कुहिने र नहुकिने दुई भागमा विभाजन गरिनेछ । कुहिने फोहोर हेलिकोप्टरमार्फत महाकुलुङ गाउँपालिकाको बुङमा ल्याई नष्ट गरिनेछ भने नकुहिने फोहोर महाकुलुङबाट गाडीमार्फत काठमाडौं लैजाने संयोजक बस्नेतले बताए । अभियान ४५ दिनपछि विश्व वातावरण दिवसको अवसरमा जेठ २२ गते समापन हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 9
ताजा अपडेट
- धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया