Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमृग मार्न खोज्दा आफ्नै ज्यान गयो

मृग मार्न खोज्दा आफ्नै ज्यान गयो


दोलखा,चैत १६

दोलखाको उत्तरी भेगमा रहेको कालिञ्चोक गाउँपालिकामा जंगली जनावरको शिकार गर्न खोज्दा भरुवा बन्दुक पड्किएर एक व्यक्तिको मृत्यु भएको छ । उपचारको लागि चरीकोट ल्याइँदै गर्दा बाटोमै ज्यान गएको हो ।कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ६ अन्तर्गत पर्ने लापिलाङ सामुदायिक वनमा मृगको शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किएर कालिञ्चोक ९ सुन्द्रवतीका २८ वर्षीय शिव थामीको मृत्युु भएको हो । बिहीबार कडेन हरियाली सामुदायिक वनअन्तर्गत छिरुवा खोला पुछारमा मृगको शिकार खेल्न भरुवा बन्दुकसहित साथीहरुसँग पुगेको थामीको तिघ्रामा छर्रा लागेर घाइते भएको र उपचारको लागि अस्पताल ल्याउँदै गर्दा मृत्युु भएको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।

सुरुमा जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरीकोट ल्याउँदै गर्दा मृत्यु भएको भनिए पनि मृतकको लासको अवस्था र घटना प्रकृति शंकास्पद देखिएपछि अनुसन्धानका गर्दा भरुवा बन्दुकको लागेर मृत्यु भएको पुष्टि भएको थियो ।शिवको मृत्यु भएपछि उनीसँगै गएका कालिञ्चोक गाउँपालिका वडानम्बर ९ सुन्द्रावतीका ४४ वर्षीय ध्रुव थामी, २८ वर्षीय सुकविर थामी, ४५ वर्षीय बाबुराम थामी र ३० वर्षीय बाबु थामीलाई नियन्त्रणमा लिएको प्रवक्ता बोहोराले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x