‘निर्माण व्यवसायीहरूको भुक्तानी रोकिंदा अर्थतन्त्र चलायमान हुन सकेन’
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान हुन नसकेको स्वीकार गरेका छन् । निर्माण व्यवसायीहरूको रकम भुक्तान गर्ने विषयमा सरकार सकारात्मक रहेको उनले जानकारी दिए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपाध्यक्ष श्रेष्ठले निर्माण उद्योगमा धेरै समस्या रहेको बताउँदै सबै मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । जग्गा प्राप्ति, बजेट तथा निर्माण सामग्रीको अभाव, समुदायको अवरोधलगायतका समस्याहरूबाट निर्माण व्यवसायीहरू आक्रान्त रहेको उपाध्यक्ष श्रेष्ठले बताए । ‘महासंघजस्तो छाता संगठनले निर्माण व्यवसायीहरूलाई अझ बढी जिम्मेवार बनाउन सक्ने भएकाले महासंघको भूमिका अझ बढी प्रभावकारी हुनुपर्छ’, श्रेष्ठले भने । यस्तै महासंघका अध्यक्ष सिंहले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे उपाध्यक्ष श्रेष्ठलाई अवगत गराउँदै सरकारी कार्यशैलीकै कारण निर्माण उद्योग व्यावसायिक हुन नसकेको बताए । यस्तै बजेटको व्यवस्था नगरी टेन्डर आह्वान गर्ने परिपाटी गलत रहेको उनको भनाइ छ । अध्यक्ष सिंहले निर्माण व्यवसायीले आफ्नो मुलुकको स्रोत साधन उपभोग गर्न नपाउने परिपाटी अन्त्य हुनुपर्ने बताए । सार्वजनिक खरिद ऐनअनुसार व्यवसायीले २० प्रतिशत मोबिलाइजेसन पेश्की पाउनुपर्ने माग राख्दै उनले मूल्यवृद्धिको मारमा परेका व्यवसायीहरूले राहत नपाएको जानकारी दिए ।
राष्ट्रिय योजना आयोगजस्तो संस्थाले कसैको दबामा नपरी निर्भीक भएर काम गर्नुपर्ने सुझाव अध्यक्ष सिंहले दिए । निर्माण उद्योगको विकासका लागि आगामी बजेटमा समेटिनुपर्ने विषयबारे पनि महासंघले आयोगको ध्यानाकर्षण गराएको छ । महासंघ प्रतिनिधिमण्डलमा महासचिव रोशन दाहाल, कार्यालय प्रमुख प्रेम सिंह ऐरलगायत रहेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया