सरकारद्वारा अत्यावश्यक वस्तु र पेटोलियम पदार्थको आपूर्ति, खपत र मौज्दात सँगसँगै
काठमाण्डौं,चैत १७
सरकारले अत्यावश्यक वस्तु तथा इन्धनको मौज्दात रहेको बताएको छ । विश्वभर फैलिएको नोवल कोरोनाभाइरस (कोभिड १९) का कारण मुलुक लकडाउन गरेको आइतबार छ दिन पूरा भएको छ । सो अवस्थामा सरकारले अत्यावश्यक वस्तु तथा इन्धनको मौज्दात रहेको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुहरु खाद्यान्न, तरकारी, फलफूल, मासु, दूध तथा दूधजन्य पदार्थ, पानी, साबुनलगायतका सरसफाइका वस्तुहरु, चिनी, तेल, शिशु आहार, पशुपन्छीजन्य आहार तथा डिजेल, पेट्रोल, मट्टितेल, हवाइ इन्धनलगायतका वस्तुहरुको मौज्दात, खपत र आपूर्ति निरन्तर गरिरहेको जनाएको छ ।मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीले चामल, चिनी, नुन तथा डिजेल, पेट्रोल, मट्टितेल, हवाइ इन्धनको मौज्दात रहेको बताइन् । ‘यी वस्तुहरुको मौज्दात राख्नुको साथै नियमित बिक्रीवितरण तथा आपूर्ति समेत नियमित गर्दै आएका छौँ’, उनले भनिन्, ‘नागरिकहरुलाई वस्तुहरुको अभाव नहोस् भनेर हामीले आपूर्ति, वितरण र भण्डारणलाई सँगसँगै अघि बढाएका छौं । यसका लागि हामीले सम्बन्धित निकायले निर्देशन तथा आग्रह गरेका छौं । यसरी आपूर्ति, वितरण र भण्डारणलाई प्राथमिकतामा राखेर अघि बढ्दा नागरिकहरुलाई खाद्यान्न, इन्धनलगायतको वस्तुहरुको समस्या हुँदैन ।’ मन्त्रालयले हाल चामल २५ हजार छ सय ७२ मेट्रिक टन मौज्दात रहेको, १० हजार मेट्रिक टन चामल खरिद प्रक्रियामा रहेको तथा ५ दशमलव ४७ मेट्रिक टन बिक्रीका लागि राखिएको जानकारी दिएको छ भने चिनी सात हजार पाँच सय मेट्रिक टन मौज्दात रहेको, दुई हजार पाँच सय मेट्रिक टन आयात तथा बिक्री भने मागअनुसार नियमित भइरहेको जनाएको छ ।यस्तै मन्त्रालयले नुन एक लाख २० हजार आठ सय मेट्रिक टन मौज्दात (१० महिनाको लागि माग धान्ने) रहेको, ४५ हजार मेट्रिक टन आयातको क्रममा रहेको र बिक्री भने मागअनुसार गर्दै आएको छ ।
पेटेलियम पदार्थहरुको कुनै अभाव नभएको तथा नियमित आपूर्ति भइरहेको बताउँदै उनले डिजेल, पेट्रोल, मट्टितेल हवाइ इन्धन गरी कुल ३८ हजार नौ सय २२ किलोलिटर मौज्दात रहेको बताइन् ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरुमध्ये डिजेल २१ हजार नौ सय ६३ किलोलिटर मौज्दात रहेको, ७६ हजार आठ सय १६ किलो लिटर आपूर्ति गरिएको, ६३ हजार एक सय १४ किलोलिटर (चैतसम्म) र १७ हजार छ सय ८२ किलोलिटर बिक्री गर्न लागिएको छ । पेट्रोल सात हजार एक सय ४७ किलो लिटर मौज्दात रहेको तथा २३ हजार सात सय ९७ किलोलिटर आपूर्ति २१ हजार दुई सय ७० किलोलिटर (चैतसम्म) एक हजार तीन सय आठ किलोलिटर बिक्री गर्ने जनाएको छ । यस्तै निगमले मट्टितेल दुई हजार छ सय २७ किलोलिटर मौज्दात रहेको, आपूर्ति ८ सय २० किलोलिटर गरिएको तथा बिक्री ५ सय ७४ किलोलिटर (चैत) एक हजार तीन सय आठ किलोलिटर बिक्री गर्ने जनाएको छ भने हवाइ इन्धन सात हजार दुई सय १२ किलोलिटर मौज्दात रहेको, तीन हजार नौ सय ६३ किलोलिटर आपूर्ति गरिएको, तीन हजार ४१ किलोलिटर (चैत) एक हजार तीन सय आठ किलोलिटर बिक्री गर्ने जनाएको छ ।निगमले ग्यास नियमित आपूर्ति भइरहेको तथा मार्च महिनाको कोटा ५० हजार मेट्रिक टन रहेकोमा ३८ हजार नौ सय ४२ मेट्रिक टन मौज्दात रहेको तथा एक हजार चार सय ८७ मेट्रिक टन आपूर्ति गरिएको र एक हजार चार सय ८७ मेट्रिक टन बिक्री गर्ने जनाएको छ । कालीमाटीमा तरकारी बिग्रिन थाल्यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने कालीमाटीमा रहेको तरकारी बिक्री हुन नसकेको जानकारी दिएको छ । तरकारी बिक्री नभएसँगै तरकारी कुहिनथालेको छ । लकडाउनका कारण खुद्रा व्यवसायी तथा उपभोक्ता बजारमा नआउँदा तरकारी बिग्रिनपुगेको समितिले जनाएको छ । तरकारी खरिदबिक्रीको लागि बिहान २ बजेदेखि ६ बजेसम्मको समय तोकिएको छ । कालीमाटीमा भारतबाट तरकारी आएको छ भने नेपालको विभिन्न स्थानबाट भने तरकारी आउन नसकेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया