Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरीलाई ढुङ्गामुढा प्रहार गरेको अभियोगमा पक्राउ

प्रहरीलाई ढुङ्गामुढा प्रहार गरेको अभियोगमा पक्राउ


मकवानपुर,चैत १७

प्रहरीलाई ढुङ्गा मुढा प्रहार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका १२ पदम पोखरी मिलनटोल बस्ने २० वर्षीय रोशन बललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका १३ पदमपोखरी साङ्गेटोलमा स्थानीय केटाहरुबीच झै«झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुङ्गामुढा गरेपछि बा.९३ प ६०१४ नम्बरको स्कुटर सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै सम्झाई बुझाई गर्दा समेत स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर समेत गरी स्थिति नियन्त्रणमा लिएको थियो । ढुङ्गामुढाले लागेर इलाका प्रहरी कार्यालय पशुपतिनगरको बा.१ झ ७५२७ नम्बरको गाडीको झ्यालको सिसा र पछाडिको सिसा फुटेको छ ।झगडामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x