Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लक डाउन’को बेला कुनै गम्भीर समस्या आएमा आफूलाई सम्पर्क गर्न प्रकाशमानको आग्रह

‘लक डाउन’को बेला कुनै गम्भीर समस्या आएमा आफूलाई सम्पर्क गर्न प्रकाशमानको आग्रह


काठमाण्डौं,चैत १७

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा सम्पर्क गर्न नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आग्रह गरेका छन् । पूर्वउप्रधानमन्त्री तथा सांसद सिंहले आइतबार एक विज्ञप्ति जारी गर्दै लकडाउनको समयमा स्वदेश तथा विदेशमा रहेका नेपालीले कुनै गम्भीर समस्या आइपरेमा सचिवालयका श्रीराम लामिछाने (९८५१००८८५७) र युपी लामिछाने (९८५१०८३४४०)लाई सम्पर्क गर्न आग्रह गरेका छन् । यसैगरी निर्वाचनमा सदैव विजयी गराउने काठमाडौँ निर्वाचन क्षेत्र नं १ का जनताका लागि कुनै समस्या परेमा नेता सिंह (९८५१०२३७६४), प्रदेशसभा सदस्य दिपेन्द्रश्रेष्ठ (९८५१००५१७२५), प्रदेशसभा सदस्य राजेन्द्र गुरुङ (९८५१०८४५४२), प्रदेशसभा सदस्य उम्मेदवार सुरज लामिछाने (९८५१०३६१३६), पार्टीका क्षेत्रीय सभापति प्रकाश राणा (९८५१०३८००८) लगायत एक दर्जन व्यक्ति सचिवालयका व्यक्तिको मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
विश्वव्यापी महामारीको रूप लिइसकेको कोरोना भाइरसलाई नेपाल प्रवेश गर्नै नदिने प्रयास असफल भइसकेको र अब त्यसलाई थप फैलिन नदिने तथा यसको प्रभावबाट हुनसक्ने क्षति कसरी रोक्ने भन्ने गम्भीर चुनौती खडा भएको नेता सिंहले विज्ञप्तिमा उल्लेख गरेका छन् । वर्तमान कठिन चुनौती सामनाका लागि सबैखाले साथ र सहयोग गर्न उनले आफू र आफ्नो पार्टी सदैव तत्पर रहेको स्पष्टसमेत पारेका छन् ।

साथै उनले यस विषम परिस्थितिमा अहोरात्र सेवामा समर्पित चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीलगायत सम्बद्ध सम्पूर्णप्रति उच्च सम्मान व्यक्त गर्दै तीनै तहका सरकार र पार्टीका आम कार्यकर्तालाई पनि जनताको सेवामा लाग्न अनुरोध गरेका छन् । सिंहले लकडाउनको अवस्थामा विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक सूचना र नियमको पालना गर्दै सबैलाई घरभित्रै बस्न आग्रह गर्दै कोरोना भाइरसबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न धेरैभन्दा धेरै व्यक्तिको स्वास्थ्य परीक्षण गर्न जरुरी भएको बताएका छन् । सम्भव भएसम्म धेरै स्थानमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन र त्यो परीक्षणको नतिजा छिटो निकाल्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दै उनले यसको जोखिमबाट सबै नेपालीलाई बचाउन प्रभावकारी र चुस्त कार्ययोजना बनाउन सरकारसँग मागसमेत गरेका छन् । विदेशस्थित नेपालीको अवस्था र सुरक्षामा समेत ध्यान दिँदै नेपाली दूतावासलाई अझ प्रभावकारी बनाउन सरकारसँग अपिल गर्दै नेता सिंहले लकडाउनले श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउनसमेत कठिन भएकाले तत्काल राहत प्याकेज ल्याउन नेपाल सरकारसँग माग गरेका छन् । त्यस्तै उनले सर्वसाधारणका लागि दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन औषधि उपकरणको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमका लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरूको हौसला बढाउने खालका निर्णय लिन पनि सरकारसँग माग गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x