काठमाडौं,सडक दुर्घटनामा परी महोत्तरीमा पाँच वर्षीया बालिकासहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ । माईस्थान–गौशाला–सम्सी सडकको गौशाला–१ मा बा३ख २३९६ नम्बरको यात्रुवाहक बस र मधेस प्रदेश ०१–००४–प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।
मृतकहरू सिरहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, अमृतकी पत्नी २४ वर्षीया अञ्जु मण्डल र पाँच वर्षीया भतिजी अङ्शु मण्डल रहेको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार गिरीले जानकारी दिए ।
सिरहाबाट महोत्तरीको गौशाला हिँडेका मण्डल परिवार सवार मोटरसाइकल गौशालाबाट जनकपुरतर्फ गइरहेको बसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटना भएलगत्तै तीन जनामध्ये अमृत र अङ्शुलाई बर्दिबास–१४ स्थित शुभस्वस्तिक अस्पताल र अञ्जुलाई बर्दिबास ट्रमा सेन्टर पु¥याइएको थियो । त्यहाँ चिकित्सकले तीनैजनालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका बस र मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको छ । बसका चालक भने घटनालगत्तै फरार भएका प्रनाउ गिरीले बताए।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन
- फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत
- स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवामा संवेदनशील हुन आवश्यक छ: मुख्यमन्त्री कार्की
- धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
- पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
- शेयर बजारमा देखियो हरियाली
- प्रसूति तथा स्त्री रोग अस्पतालमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु
- अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया