Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामसङले ल्यायो क्यासब्याक योजना

सामसङले ल्यायो क्यासब्याक योजना


काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका दुुईवटा नयाँ स्मार्टफोन ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीको खरिदमा क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

सामसङले सीमित समयका लागि नबिल बैंकसँगको सहकार्यमा यो योजना सार्वजनिक गरेको हो । यसका लागि कम्पनीले बैंकसँग एक सम्झौतापत्रमा हस्ताक्षर समेत गरेको छ । सम्झौताअनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

सामसङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी नेपाली बजारमा गत मार्चदेखि बजारमा उपलब्ध छ । साथै यी फोन उपलब्ध भएदेखि नै तिनमा विद्यमान असाधारण पर्फमेन्स र अद्भुत विशेषताहरुको कारण मोबाइल बजारलाई तताइदिएको छ । यी दुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने पाँच हजार एमएएच ब्याट्री जडित छन् । साथै यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रंगहरुमा उपलब्ध छन्, जसले ग्राहकहरुलाई अतुल्य उत्पादनको अनुभूति दिलाएको छ ।

क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी ग्राहकहरुका लागि अझ बढी सुलभ भएको छ । ग्राहकहरुले उनीहरुसँग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत चुनिएका स्टोरहरु अथवा ब्राण्डका शोरुमहरुबाट ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी खरिद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया