Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसरकारको गलत मूल्यांकन नीतिले हुन्डी र तस्करीको कारोबार फस्टायो

सरकारको गलत मूल्यांकन नीतिले हुन्डी र तस्करीको कारोबार फस्टायो


विराटनगर । सरकारले अवलम्बन गर्दै आएको भन्सार मूल्यांकनको नीतिका कारण राजस्व संकलन प्रभावित भएको पाइएको छ । उद्योगी एवं व्यवसायीहरूले सरकारलाई बारम्बार बजारमूल्यअनुसारको सामान आयात गर्ने र बिलबीजकअनुसार आयात भएको सामान भन्सार मूल्यांकनबाट जाँचपास हुनुपर्ने सुझाव दिए पनि सरकारले सुनुवाइ गरेको छैन ।

बिलबीजकअनुुसारको सामान भन्सारले मूल्यांकन नगरेका कारण पछिल्लो समय नेपाल र भारतको खुुला सीमानाका प्रयोग गरी व्यापकरूपमा तस्करी बढेको व्यवसायीहरूको भनाइ छ । तस्करी बढेपछि राजस्व छली हुनुको साथै बजारमा हुुण्डीको कारोबार पनि फष्टाएको छ । व्यवसायीहरूले हुण्डी कारोबारलाई निरुताहित गर्नुपर्ने सुुझाव दिँदै आएको भए पनि सरकारले हुण्डीको कारोबार रोक्न कुुनै ठोस कदम नचालेको व्यवसायीको गुुनासो छ । भन्सारका कर्मचारीहरूमा भन्सार मूल्यांकन बढी बनाएर बढी राजस्व उठाइहाल्छौँ भन्ने मानसिकत्ता रहेका कारण अहिले बजारमा तस्करी र हुन्डी कारोबार फस्टाउँदै गएको स्रोतको दाबी छ ।

विगत तीन वर्षदेखि ९० प्रतिशत भारतबाट तस्करी भएर आइरहेको सुुकमेल र मरिच पछिल्लो समय केही आयातकर्ताले आयात गरी ल्याउँदा समेत भन्सार मूल्यांकनको लफडाका कारण भन्सारमा त्यसै थन्किएर बसेको छ । उक्त सामानको विदेशमा बजार मूल्य १० यूएस डलरदेखि घटेर ५ दशमलव ५ यूएस डलरसम्म पुगेको छ । उक्त मूल्यबाट उत्साहित भएर आयातकर्ताहरूले विदेशबाट सुकमेल र मरिच मगाएका थिए । भन्सार विभागले सुरुमा बिल मूल्यलाई मान्यता दिई जाँचपास गरेर छाड्दै आएको थियो । तर पछि यसको मूल्यांकन तोकेर १२ दशमलव ५० यूएस डलरप्रति केजी कायम गरेपछि करोडौँ मूल्यको सुकमेल र मरिच भन्सारकै गोदाममा थन्किएर बसेको छ ।

सुुकमेल र मरिच आयतकर्ताले बारम्बार भन्सार विभागमा प्रमाणसहित पुगेर अनुरोध गर्दा भन्सार विभागले नयाँ मूल्यांकन नयाँ अर्थमन्त्री आएपछि गरेर सच्चाइ दिन्छौँ भन्ने जवाफ दिएका थिए । तर नयाँ अर्थमन्त्रीको नियुुक्तिसँगै भन्सारको नयाँ मूल्यांकन पुस्तिकामा पनि १२ दशमलव ५ यूएस डलर नै मूल्यांकन कायम गरिएको उनीहरूको भनाइ छ । यसले गर्दा अब आयातकर्ताहरूले बाध्यताबस यूएस डलर १२ दशमलव ५० को नोटिसमार्फत आयात गर्नुपर्छ । नत्र ५० प्रतिशत जरिबाना पनि तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । हाल सुकमेलको अन्तर्राष्ट्रिय बजार मूल्य २ दशमलव ५ डलरबाट बढेर सात देखि ८ दशमलव ५ यूएससम्म पुगेको छ । सरकारको नीतिले गर्दा आयतकर्ताहरूले आफूहरू अन्यौलमा रहेको बताएका छन् ।

यस्तै सरकारले विश्व बजारमा ४ दशमलव ७ यूएस डलर केजी मूल्य रहेको हाडे बदामको भन्सार मूल्यांकन पाँच यूएस डलर प्रतिकेजी गर्दै आएकोमा अहिले बढाएर ६ दशमलव ५ यूएस डलर प्रतिकेजी कायम गरेको छ । भारतमा बदाममा कस्टम डियूटी नेपालभन्दा कम रहेको छ । नेपालले झन् मूल्यांकन बढाएपछि भारतबाट तस्करी भएर बदाम नेपाली बजारमा भित्रिने प्रस्ट भइसकेको व्यवसायीहरूको भनाइ छ । यसले आयतकर्ता र सरकार दुवै पक्षलाई नोक्सानी हुने उनीहरूको गुनासो छ ।

यस्तै कालो मरिचको आयत नेपाल सरकारले तीन वर्षदेखि बन्द गरिराखेको छ । हाल नेपाल आउने सबै कालो मरिच भारतबाट तस्करीको बाटो हुँदै आइरहेको छ । यस्तो अवस्था अन्य ड्राइफुडहरूमा पनि रहेको व्यवसायीहरूको भनाइ छ । काजु, पिस्ता सबै खानेकुराको मूल्यांकन कस्टम अफ डियूटी बढी भएपछि प्राय सबै सामान भारतबाट तस्करीको बाटो हुुँदै भित्रिने गरेको छ । यसबाट हुण्डी कारोबारीहरूलाई प्रोत्सहान मिलेको व्यापारीहरूले बताएका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया