बैंक तथा फाइनान्स कम्पनीहरुद्वारा ११ खर्बभन्दा बढीको बैंकस्तरीय कारोबार
काठमाण्डौं,चैत २०
बैंक तथा फाइनान्स कम्पनीहरुले १२ खर्ब रुपैयाँभन्दा बढीको अन्तर बैंक कारोबार गरेका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा वाणिज्य बैंकहरुले मात्र १० खर्ब ५९ अर्ब ९ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैंक बाहेक) बीच एक खर्ब अर्ब ३७ करोडको अन्तर–बैंक कारोबार भएको हो । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक)ले क्रमशः आठ खर्ब ४२ अर्ब १० करोड र एक खर्ब २६ अर्ब चार करोडको अन्तर बैंक कारोबार गरेका थिए । राष्ट्र बैंकका अनुुसार २०७५ माघमा ९१–दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर तीन दशमलव ४४ प्रतिशत रहेकोमा २०७६ माघमा तीन दशमलव ९१ प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ माघको पाँच दशमलव ७९ प्रतिशतको तुलनामा २०७६ माघमा चार दशमलव ५९ प्रतिशत कायम भएको छ ।वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ माघको नौ दशमलव ६९ प्रतिशतको तुलनामा २०७६ माघमा नौ दशमलव ४५ प्रतिशत कायम भएको छ । २०७६ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ७८ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः छ दशमलव ६७ प्रतिशत र १२ दशमलव ३४ प्रतिशत रहेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया