Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वास्थ्य उपचारमा खटिएकालाई केही भए १० लाख क्षतिपूर्ति दिने

स्वास्थ्य उपचारमा खटिएकालाई केही भए १० लाख क्षतिपूर्ति दिने


नेपालगञ्ज,चैत २१
नेपालगञ्ज मेडिकल कलेजले कोरोना संक्रमणविरुद्धको अभियानका क्रममा खटिने आफ्ना कर्मचारीलाई भवितव्य भए १० लाख रुपैयाँबराबरको रकम उपलब्ध गराउने भएको छ । त्यसका लागि कोष व्यवस्था गरिएको कलेजका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले बताए । नेपालगञ्ज मेडिकल कलेज अहिले कोरोना बाट बिश्व आक्रान्त भइरहेको बेला कोरोना बिरुद्ध सचेतना र उपचार लागि तयारीमा लागिरहेको र संकटको घडिमा हामी सरोकारवालाहरूसँग हातेमालो गर्न प्रयासरत रहेको कलेजका सहायक निर्देशक डा. कनोडियाको भनाइ छ ।

हाललाई जोखिमको मध्यनजर गर्दै कलेज र अस्पताल वा खटाईएको क्षेत्रमा काम गर्दा भवितव्य परिहालेमा भवितव्य पर्नेहरु प्रत्येक कर्मचारीको लागि १० लाख रुपैयाँबराबरको रकम उपलव्ध हुने गरी कोष व्यवस्थापन गरिएको जानकारी कलेजका सहायक निर्देशक डा. कनोडियाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x