Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसयौँ बेडका क्वारेन्टाइन खालि तर भारतबाट आएका सबै विद्यालयमा

सयौँ बेडका क्वारेन्टाइन खालि तर भारतबाट आएका सबै विद्यालयमा


कञ्चनपुर,चैत २१
कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रण गर्न भन्दै विभिन्न क्षेत्रमा प्रशस्त मात्रामा क्वारेन्टाइन बनाइएको छ । तर, कञ्चनपुरमा भने भारतबाट आएका व्यक्तिहरूलाई स्वास्थ्य परीक्षण गर्नका लागि क्वारेन्टाइनमा नराखेर विभिन्न विद्यालयमा राखिएको छ ।भीमदत्त नगरपालिकाले नगरक्षेत्रभित्र विभिन्न ठाउँमा स्वास्थ्य परीक्षणका लागि क्वारन्टाइन बनाएर तयारी अवस्थामा राखेको भए पनि भारतका विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा नराखेर विद्यालयहरूमा राखेको छ । भारतमा कोरनाको संक्रमण बढ्न थालेपछि विभिन्न अवरोध छिचोल्दै ज्यान जोगाउन नेपाली नागरिकहरू स्वदेश फर्किएका थिए । साथै भारतको बनबासा र टनकपुर क्षेत्रमा १ सय २६ जना नेपाली अलपत्र परेका छन् । उनीहरूलाई भारतले पनि विद्यालयमा थन्क्याएको छ । कञ्चनपुरमा ९ वटै स्थानीय तहले करिब चार सय क्वारेन्टाइन बेड निर्माण गरेका छन् । कञ्चनपुरमा निर्माण भएका विभिन्न क्वारेन्टाइनमा अहिलेसम्म ४० जना मात्रै बसेका छन् । बाँकी साढे तीन सयको बेड रित्तै हुँदा पनि भारतबाट फर्किएका ७२ जना मजदुरलाई भने सामुदायिक विद्यालयमा राखिएको छ ।

गतमंगलबार भीमदत्त नगरपालिका ९ ब्रम्हदेबदेखि ल्याएका १८ र महाकाली नगरपालिका १ बैलबन्दबाट ल्याएका ५० जनासहित बुधबार थपिएका ७ जनालाई महेन्दनगरको बैजनाथ माध्यामिक विद्यालयमा राखिएको छ । बैजनाथ माध्यामिक विद्यालय नजिकै भीमदत्त नगरपालिकाले आइसिएच भवनमा सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ, तर त्यो क्वारेन्टाइनमा ति नेपालीहरूलाई राखिएको छैन । भीमदत्त नगरपालिका ७ हल्दुखालका स्थानीय भानदेव भट्टले भारतमा कम्पनी बन्द भएपछि लकडाउनकै विचमा नेपाल आएको बताए । उनले क्वारेन्टाइनमा राख्न सरकारले आग्रहगरेपनि स्थानीय तहले विद्यालयमा राखेको बताए । बेञ्चमा सुत्नुपर्ने बाध्यता भएकाले विद्युत् नहुँदा लाइन र पङखाको अभावका कारण लामखुट्टेको कोटाइबाट बिरामी हुने चिन्ता व्यक्त गरे । त्यस्तै दिल्लीबाट पैदल हुँदै घर फर्किएका डिलाशैनी गाउँपालिका ६ बैतडीका मनिराद दमाईले बस्न समस्या भएको दुखेसो पोखे । ‘भारतमा लकडाउन लम्बिने भएकाले मालिकले घर जान भनेपछि म घर फर्किएको हुँ, ‘उनले भने, ‘आफ्नै भूमिमा पुग्दा यस्तो सकस भयो ।’ उनले एकै कोठामा १० र १२ जना राखेपछि झन समस्या भएको बताए । ‘हामी क्वारेन्टाइनमा बस्न तयार छौँ, ‘उनले तर, ‘यहाँ त न विद्युत् नहुँदा झन समस्या भइयो, उस्तै पनि बिरामी हुने डर छ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले उनीहरूलाई क्वारेटाइनमा राखिएको बताए । प्रजिअ खतिवडाले राखिएको स्थान पनि क्वारेन्टाइन नै भएको बताए । भीमदत्त नगरपालिका प्रवक्ता हिमाल चन्दले उनीहरूले लकडाउन उलङघन गरेको हुनाले त्यहाँ राखिएको बताए ।

‘सबैको स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्नेलाई त्यहाँ राख्नेछौँ र बाँकीलाई व्यवस्थापन गछौँ, ‘उनले भने, ‘क्वारेन्टाइनमा जो पायो त्यहीलाई राख्न मिल्दैन् ।’ भारतबाट आएका नागरिकलाई एकै ठाँउमा यसरी राखिएपछि उनीहरू विचमै संक्रमण बढ्ने भएकाले सामाजिक दूरी कायम गर्दै उनीहरूलाई सुरक्षित क्वारेन्टाइनमा राखिनुपर्ने आफन्तले माग गरिरहेका छन् । कञ्चनपुरकी महिला अगुवा नारु सिंहले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्दार गर्दै सुरक्षित क्वारेन्टाइनमा राख्नुपर्ने बताइन् । नागरिक समाज कञ्चनपुरका निर्वमान अध्यक्ष नरबहादुर साउदले भारतबाट जे–जस्तो अवस्थामा पुगेका नेपाली नागरिकलाई बनेका सुरक्षित क्वारेन्टाइनमा राख्नुपर्ने बताए । ‘स्वदेश पुगेका नेपालीको व्यवस्थापन गर्नुपर्छ, ‘उनले भने, ‘यसबाट झन संक्रमण फैलिन सक्छ ।’ उनले यस्तै विदेशबाट आएका नागरिकका लागि बनाएका बेड भए पनि सरकारी निकायबाट क्वारेन्टाइनमा राख्न कन्ज्युस्याइँ भएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x