Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो


बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो ।

गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो । सो ठाउँमा टाउकोमा कपालसमेत रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । टाउको भेटिएको स्थानलाई प्रहरीले सुरक्षित राखेको छ । “टाउको भेट्टिएको भएपनि महिलाको हो कि पुरुषको हो कि भन्ने चिन्न नसकिने अवस्थामा रहेको छ”, प्रहरी निरीक्षक चौधरीले भने।

गिट्टी कुन ठाउँबाट ल्याइएको हो भन्ने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया