Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपञ्चबर्षिय बिराट महायज्ञ तयारी अन्तिम चरणमा

पञ्चबर्षिय बिराट महायज्ञ तयारी अन्तिम चरणमा


हेटौडा,बिगत बिस बर्ष देखि हुदै आएको पञ्चबर्षिय बिराट महायज्ञ यसपाली बैशाख २० देखि सुरु हुने भएको छ। जहिले पनि नवबर्ष बैशाख १ गते बाट महायज्ञ सुरु गर्ने गरिएता पनि यसपालि बिबिध कारण २० गते देखि २६ गतेसम्म हुन् लागेको हो। आज आयोजित एक कार्यक्रममा महायज्ञको तयारी अन्तिम चरणमा पुगेको श्रीमद्भागवत महापुराण महायज्ञ मूल समारोह समितिका संयोजक अजेय राज सुमार्गीले बताए।

सुमार्गिले महायज्ञको माध्यमबाट धर्म र संस्कृतिको रक्षा गर्दै आपसमा सदभाब र भाइचारा बृद्दी गरि समाजमा सुख शान्ति र अमन चयन कायम गराउनु नै महायज्ञको मुख्य उदेश्य रहेको बताए । यस अघि भएका २०६०,२०६५,२०७० र २०७५ सालमा भए झै यसपाली पनि हेटौडा उपमहानगरपालिका (१० स्थित गोरक्षेश्वर मन्दिरको प्रांगणमा हुने भएको छ ।

अनन्त श्री विभुषित स्वामी कमलनयनाचार्यको संरक्षकत्व र अग्निहोत्री स्वामी डा सिताराम खनालको अभिभावकत्वमा हुने यस कार्यक्रममा बैशाख २० गते बिहान ७ बजे शान्ति शोभा कलश यात्रामा सहभागी भएर धार्मिक एकता र सदभाबको संदेश दिईने बताइएको छ ।

कलश यात्रामा हजारौ हजार आमा दिदि बहिनिहरुको एकै पहिरनमा हेटौडा बजार परिक्रमा गर्नेछन भने बिभिन्न जनजातिहरुको आफ्नो संस्कृति भेष भुषा सहित र्यालीमा उपस्थित रहनेछ ।बैशाख २१ र २२ गते भागवत कथा प्रवचनका साथै खैचेडी भजन प्रतियोगिता हुनेछ । बैशाख २३ गते दिउसो ३ बजे बिश्व शान्तिको कामना गर्दै हेटौडा बजारका मुख्य चोकहरुमा दिप प्रज्वलन गरिनेछ भने २४ गते बिहान बटुकहरुको ब्रतबन्धको कार्यक्रम रहेको छ।

यसै गरि बैशाख २५ गते साझ ५ बजे आफ्ना पितृहरुको सम्झनामा राप्तीको तटमा सभा पाच करोड बत्ति प्रज्ज्वलन गरिने कार्यक्रम रहेको छ भने सामुहिक तिलर्चना ,पूर्णाहुती ,पुरस्कार बितरण सहित २६ गते कार्यक्रम समापन हुने आयोजक कमिटीका बरिष्ठ सह(संयोजक उत्तम शर्मा ढकालले बताए ।कार्यक्रमा बरिष्ठ समाजसेवी बिश्वकान्ती कलावती पराजुली ,अस्मिता सुमार्गी, अरुणराज सुमार्गी ,अंकिता सुमार्गी, राजन सुवेदी , अनिता सुमार्गी लगायतको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया