Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशअमेरिकी राजदूत थम्पसन नाम्चेमा

अमेरिकी राजदूत थम्पसन नाम्चेमा


सोलुखुम्बु । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने बताएका छन् । सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी नागरिक जिन विथ टेकरले आरोहण गरेको ६० वर्ष पुगेको उपलक्ष्यमा सोलुखुम्बुको नाम्चेमा आयोजित कार्यक्रममा बोल्दै राजदूत थम्पसनले अमेरिकाले नेपालसँग थप सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।

अमेरिकाको नेपालसँगको सम्बन्ध पुरानो भएकाले यसलाई थप मजबुत बनाउन चाहेको उनको भनाइ छ । जिन विथ टेकर सन् १९६३ मे १ तारिखका दिन पहिलो अमेरिकी नागरिकको रूपमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । हाल ९५ वर्षका टेकर अमेरिकामै रहेको बताइएको छ । उनले आरोहण गरेको ६० वर्ष पूरा भएको उपलक्ष्यमा अमेरिकी दूतावासले नाम्चेको हिमालय माविमा आयोजना गरेको कार्यक्रममा राजदूत थम्पसनसहित, पूर्वराजदूत दापुटी शेर्पा, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले बताए । हेलिकोप्टरमार्फत नाम्चे आएका राजदूत थम्पसन मौसम प्रतिकूलताका कारण फर्किन नसकेको बताइएको छ । राजदूतसहितको टिम सोमबार नाम्चेमै रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया