Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेट तयारीका लागि पूर्वअर्थ मन्त्रीसँग अर्थ मन्त्रीको छलफल

बजेट तयारीका लागि पूर्वअर्थ मन्त्रीसँग अर्थ मन्त्रीको छलफल


काठमाडौं, अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन्। पूर्व अर्थमन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिएको अर्थमन्त्रीको सचिवालयले जनाएकोछ ।

छलफलमा पूर्वअर्थ मन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, डा प्रकाशचन्द्र लोहनी, डा युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए । छलफलमा अर्थमन्त्री डा महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्नेगरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गरे।

उनले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनालाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आपूm लागिपरेको जानकारी गराए ।

साथै उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताए । अर्थमन्त्री महतले अन्य पूर्वअर्थ मन्त्रीसमेतबाट निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गरेका छन् । रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया