Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकिर्ते मुद्दामा पत्रकार भण्डारी पक्राउ

किर्ते मुद्दामा पत्रकार भण्डारी पक्राउ


काठमाडौं । किर्ते मुद्दामा पत्रकार मदन भण्डारी पक्राउ परेका छन् । गुल्मीको साबिक दोहोली गाविस हाल इश्मा गाउँपालिका वडा नंं ४ घर भई काठमाडौं महानगरपालिका वडा नं ३२ बस्दै आएका भण्डारीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षतर्फबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकोे छ ।

सुरक्षा स्रोतका अनुसार भण्डारी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँगै गुल्मी पुगेका थिए । शनिबार महानिरीक्षक कुँवरसँगै काठमाडौं फर्किने क्रममा भण्डारी पक्राउ परेका हुन् । भण्डारीविरुद्ध लिखतसम्बन्धी कसुरमा प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो । जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरेको परिसरले जानकारी दिएको छ । आइतबार उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । पक्राउ परेका भण्डारी सुरक्षा न्युज डट कमका प्रबन्ध निर्देशक समेत हुन् । परिसरका अनुसार भण्डारीलाई यसअघि २०७० वैशाख २७ गते इलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीले ठगीसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया