Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारलिवर्टी इनर्जीले हकप्रद सेयर जारी गर्ने

लिवर्टी इनर्जीले हकप्रद सेयर जारी गर्ने


काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको सोमबार सम्पन्न १३औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीका अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा सम्पन्न साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, सञ्चालकहरुको चयन गर्ने, हकप्रद सेयर निष्काशन गर्नेलगायतका प्रस्तावहरु पारित गरेको हो । कम्पनीको कुल जारी पुँजी एक अर्ब ५० करोड रुपैयाँमध्ये एक अर्ब १२ करोड ५० लाख रुपैयाँ संस्थापक सेयर र बाँकी ३७ करोड ५० लाख रुपैयाँबराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण सेयर जारी गरी चुक्ता भएको छ ।

हाल कम्पनीसँग तीनवटा जलविद्युत् आयोजनाको स्वामित्व रहेको छ । कम्पनीको लमजुङ जिल्लास्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना भने निर्माणसम्पन्न भई २०७९ मंसिर १७ गतेबाट व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । कम्पनीको स्वामित्वमा रहेका अन्य आयोजनाहरुमा १.६ मेवा क्षमताको लोदो खोला साना जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता हुने क्रममा रहेको छ भने २४.६ मेवा क्षमताको बडिगाड खोला जलविद्युत् आयोजनाको समेत कनेक्सन एग्रिमेन्ट सम्पन्न भई विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त गर्ने क्रममा रहेको कम्पनीले जनाएको छ ।

साथै, यस साधारणसभाबाट संस्थापक समूहबाट पाँच जना, सर्वसाधारण समूह (स्थानीय समेत) बाट एक जना गरी छ जना सञ्चालकहरुको निर्विरोध निर्वाचित गरेको छ । कम्पनीको सञ्चालकहरुमा संस्थापक समूहबाट डा. आत्माराम घिमिरे, श्याम बहादुर खड्का, राजेन्द्र वस्ती, पुरुषोत्तम घिमिरे र कविता पोख्रेल रहेका छन् । सर्वसाधारण समूहबाट लोचन कोइराला चयन भएका छन् । यस्तै कम्पनीको स्वतन्त्र सञ्चालकमा अनुज्ञा सापकोटालाई नियुक्त गर्ने प्रस्ताव समेत सभाले अनुमोदन गरेको छ ।


क्याटेगोरी : शेयर बजार, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया