Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगभर्नरमा अधिकारी

गभर्नरमा अधिकारी


काठमाडौं, चैत २५
नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई गभर्नर पदमा नियुक्त गरेको हो । भावी गभर्नरको लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पेस गरेको थियो । यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. चिरञ्जीवी नेपाल रहेका थिए । डा. नेपालको कार्यकाल सकिएपछि सरकारले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कामुु गभर्नरको जिम्मेवारी सुम्पेको थियो । झण्डै एक महिना नेतृत्वविहीन भएको नेपाल राष्ट्र बैंकले अधिकारीलाई १७औं गभर्नरको रुपमा पाएको हो ।

गभर्नर नियुक्त हुुनुुअघि अधिकारी लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए भने त्यसअघि नेपाल राष्ट्र बैंककै डेपुटी गभर्नरको रुपमा अवकाश पाएका थिए । तत्कालीन समयमा हाल अर्थमन्त्रीको रुपमा रहेका युवराज खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर पदमा रहँदा अधिकारी पनि राष्ट्र बैंकमा नै रहेका थिए । मुुलुकको सिंगो वित्तीय प्रणालीलाई निकै नजिकबाट नियालेका अधिकारीले सन् १९९३ मा दि इन्डियन इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्सीबाट चार्टर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पूरा गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x