Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविमान खरिद गर्न उपसमिति गठन

विमान खरिद गर्न उपसमिति गठन


काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्न योजना अघि बढाउन उपसमिति गठन गरेको छ । निगमले प्रादेशिक रुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाउन उपसमिति गठन गरेको हो ।

निगमको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको निगमले जनाएको छ । उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन बुझाउने गरी काम सुरु गरिसकेको निगमले जनाएको छ । “सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन”, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निगमले दुई वटा जहाज खरिद गरेपश्चात् काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ ।”

जहाजहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शीरुपले खरिद गरिने निगमले जनाएको छ । जहाज खरिदपश्चात् अन्तर्देशीय पर्यटन प्रबद्र्धन हुने, बजार सन्तुलित भई हवाइभाडा दर घट्ने र उपभोक्ता हित संरक्षण हुने दावी निगमको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया