Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राख्न सर्वोच्चको आदेश

नेपाल प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राख्न सर्वोच्चको आदेश


काठमाण्डौं,चैत २५

सर्वोच्च अदालतले विदेशबाट हवाइजहाजमा र स्थलमार्ग हँुदै नेपाल प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राख्न सरकारका नाममा आदेश जारी गरेको छ । साथै सर्वोच्चले स्थानीय तहमार्फत विदेशबाट आएका व्यक्ति क्वारेन्टाइनमा बसेको वा नबसेको निगरानी राख्न पनि भनेको छ । सर्वोच्चले परीक्षणको दायरा बढाउन पनि सरकारलाई निर्देशन दिएको छ । सर्वोच्चको आदेशको कारण भारत तथा अन्य देशबाट आएर पनि आफूलाई खोकी नलागेको, ज्वरो नआएको र घाँटी खसखस नभएको भन्दै गाउँमा डुलिरहेकाहरु अब क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । साथै सर्वोच्चले श्रम गरेर जीवन निर्वाह गर्ने र आयआर्जन रोकिएका व्यक्तिलाई केन्द्रित गरी राहत पारदर्शिता कायम गरी वितरण गर्न पनि आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार लकडाउनका कारण आयआर्जन रोकिएका व्यक्तिलाई केन्द्रित गरी राहत दुरुपयोग नगरी पारदर्शी तरिकाले वितरण गर्न आदेश दिएको हो ।आदेशमा भनिएको छ, ‘नेपालमा कोही भोको पर्दैन, कोही भोको मर्दैन’ भन्ने सरकारद्वारा घोषित नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न यस्ता लक्षित व्यक्ति तथा परिवारको सही पहिचानमा कमी नआओस् भन्नेतर्फ ध्यान केन्द्रित गर्नु ।’ अदालतले कृषिजन्य कार्य कहिल्यै नरोकिने निरन्तरको कार्य हुँदा कृषि क्षेत्रमा संलग्न किसानको सुरक्षा र राहतको व्यवस्था गर्न भनेको छ ।क्वारेन्टाइनका लागि देशका विभिन्न भागमा २७ हजार ८१८ शय्या खडा गरिएको हुँदा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार भए÷नभएको अनुगमन गर्ने व्यवस्था गर्नसमेत भनिएको छ ।

आदेशमा भनिएको छ, ‘क्वारेन्टाइनको स्थापना विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुशरण भए÷नभएको अनुगमनको व्यवस्था गर्नु ।’सर्वोच्च अदालतले नेपालका ग्रामीण परिवेश र विकटतासमेतलाई दृष्टिगत गर्दा सङ्क्रमणको सम्भावना भएका व्यक्तिको उपचार गर्न हेलिकप्टरको व्यवस्था गर्न आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, ‘नेपालका ग्रामीण परिवेश र विकटतासमेतलाई दृष्टिगत गर्दा सङ्क्रमणको सम्भावना भएका व्यक्तिको परीक्षण, आइसोलेसन र उपचार समेतका लागि स्थानीय तह र प्रशासन समेतसँग समन्वय गरी छिटोभन्दा छिटो उपचार केन्द्र÷अस्पतालमा पु¥याउन हेलिकप्टरको एयरलिफ्ट हुने व्यवस्थासमेत गर्नु ।’ कोरोना भाइरसबाहेक अन्य बिरामीको आकस्मिक स्वास्थ्य सेवाका साथै तत्कालै गर्नुपर्ने आवश्यक उपचार प्रभावित नहुने व्यवस्था मिलाउन आदेशमा भनिएको छ ।यस्तै, सर्वोच्च अदालतले निजी तवरमा सञ्चालित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित ढङ्गबाट सेवा सञ्चालन गर्ने वातावरण मिलाउन आदेश जारी गरेको छ । ‘निजी तवरबाट सञ्चालित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा सुचारु गर्ने आवश्यक वातावरण मिलाई स्वास्थ्य सामग्रीको उपलब्धताको सुनिश्चित गर्नु’, आदेशमा भनिएको छ ।मुलुकभर रहेका आईसीयू शय्या र भेन्टिलेटरलाई दृष्टिगत गर्दा उपलब्ध सङ्ख्या अपुग रहेको र सोको विस्तार गर्न सरकार प्रयासरत रहेको हुँदा महामारीको प्रकोपलाई ध्यानमा राखेर स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश तहमा रहेका अस्पतालमा समेत विस्तार गरी जनताको पहुँच बढाउन आदेशमा भनिएको छ ।

आदेशमा महामारीले कस्तो रुप लिन्छ भन्ने एकीन नभएको हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता, स्वास्थ्य सेवा विभागका महानिर्देशक र महान्यायाधिवक्तासमेतलाई १५ दिनभित्र लिखित जवाफ लिएर उपस्थित हुन भनिएको छ ।अधिवक्ता विष्णु लुइँटेल र आशिष लुइँटेलले संयुक्त रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा सरकारले देशलाई पूर्णरूपमा लकडाउन गरेको अवस्थामा न्यून आर्थिक अवस्था भएका गरिब भरिया, श्रमजीवी, ठेला रिक्सा चालक खाद्य सम्प्रभुताको हकबाट वञ्चित नहुने माग गरिएको थियो । उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश विश्वभर श्रेष्ठको एकल इजलासले यही चैत १७ गते सरकारले लकडाउन गरेको विषम परिस्थितिमा त्यस्ता नागरिकलाई राहत उपलब्ध गराउन आदेश जारी गरेको थियो ।त्यसैगरी, सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट अधिवक्ता पुष्पराज पौडेलले दायर गरेको रिट निवेदनमा निजी अस्पतालले विषम परिस्थितिमा आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने आदेश माग गर्दै रिट निवेदन दायर गरिएको थियो । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले यही चैत १८ गते निजी अस्पतालहरूलाई कोरोना सङ्क्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो ।त्यस्तै, अधिवक्ता मुकुन्दप्रसाद अधिकारीले विश्वभरि नै कोरोना भाइरस फैलिएर नेपालमा पनि देखापरेको तर सरकारले रोकथामका लागि उचित कदम नचालेको उल्लेख गर्दै रिट निवेदन दायर गरेका थिए । न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले यही चैत २१ गते स्वास्थ्य संस्थाले उपचार सेवा प्रदान गर्न इन्कार गरेका सम्बन्धमा मन्त्रालयले चालेका कदमलगायतका विवरण उपलब्ध गराउन आदेश दिएको थियो । सबै विषयलाई एकै साथ राखिएर आदेश जारी भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x