सोलुखुम्बुका तीन जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ
सोलुखुम्बु,चैत २५
वैदेशिक रोजगारीबाट नेपाल आएका सोलुखुम्बुका थप तीन जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । थुलुङ दुधकोसी गाउँपालिका ४ जुबुका २ जना र वडा नम्बर ८ देउसाका एक युवकको स्वाब परीक्षण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । परीक्षण गरिएको तीनै जनाको रिपोट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनीहरूको स्वाब परीक्षण गरिएको थियो । गत चैत ४ गते वडा नम्बर ८ देउसाका सूर्य राई फ्लाइ दुवईबाट, सोही दिन हिमालयन एयरलाइन्सबाट वडा नम्बर ४ जुबुका सूर्य राई र चैत ७ गते नेपाल एयरलाइन्सबाट वडा नम्बर ४ जुबुका सुमन गुरुङ नेपाल आएका थिए ।
उनीहरूलाई गाउँ आएको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्वारेनटाइनमा राखिएको अध्यक्ष राईले बताए । यस्तै वैदेशिक रोजगारीबाट आएका सोही गाउँपालिकाका अन्य ४ जना पनि अहिले सेल्फ होम क्वारेनटाइनमा बसेका छन् । उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको गाउँपालिकाले जनाएको छ । यसअघि कोरोना संक्रमित युवतीसँगै आएका गाराखानीका युवक र तिङ्लाकी युवतीको काठमाडौँको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । उनीहरूको पनि रिपोर्ट नेगेटिभ नै आएको थियो । जिल्लाबाट अहिलेसम्म स्वाब परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया