Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुवकको नदीमा डुबेर मृत्यु

युवकको नदीमा डुबेर मृत्यु


बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो । मृतक साहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन् ।
प्रहरीका अनुसार साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका थिए । उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक साहानीसँगै उनका जेठान दत्त पुन रहेका थिए । घटनाको वास्तविक विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साहानीको शव मेडिकल कलेज कोहलपुरमा राखिएको छ । रासस

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया