Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाबुराम भट्टराईले भ्रष्टाचार विरुद्ध बोल्दा हुटिङ !

बाबुराम भट्टराईले भ्रष्टाचार विरुद्ध बोल्दा हुटिङ !


काठमाडौं,नक्कली भुटानी शरणार्थी प्रकरण वाहिरिएपछि सरकारले फुकीफुकी कार्वाही अघि बढाएपछि नागरिक समाजका तर्फबाट नारायणचौर नक्सालमा शनिबार आयोजना गरिएको खवरदारी सभामा बोल्न पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई विरुद्ध सहभागी युवाहरुले हुटिङ र नारावाजी गरेपछि उनी कार्यक्रम छाडेर बिचमै हिडेंका थिए ।

पश्चिमा शक्तिले सिर्जना गरेको र उसैको निर्देशनमा कार्वाही अघि बढेको नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएपछि पूर्व प्रधानमन्त्री भट्टराईले प्रचण्ड सरकारले यसको निष्पक्ष रुपमा छानवीन र पूर्ण रुपमा कार्वाही गर्न नसक्ने बताउँदै सम्झौतामा छानवीन रोकिने प्रस्ताव सार्वजनिक गरेका थिए ।

ललिता निवास जग्गा घोटालामा मुछिएर शीर्ष राजनीतिक नेतृत्व बीचको सहमतिमा मुद्दा नचलाइएका शक्तिशाली मुहापुरुष मध्येका उनी पनि एक हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि त्यसैगरी सहमतिमै रोकिने जानाकारी दिएको शैलीमा प्रस्ताव सार्वजनिक गरेका थिए ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोल्न पुगेका नेता भट्टराई बोल्न लागेपछि सहभागीहरुले हुँटिङ गरेर बहिस्कार गरेका थिए र उनी छिटोछिटो मन्त्वय टु¥ग्याएर त्यहाँ बाट वाहिरिएका थिए । त्यसको त्यहाँबाट वाहिरिएका थिए । त्यसको मतलव सहभागी युवाहरुले उनले भ्रष्टाचारको विरोध गरेको कुरा पत्याउन सकेनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया