Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेनाले निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने

सेनाले निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने


काठमाडौं । नेपाली सेनाले आफ्ना महिला सैनिक तथा कर्मचारीहरूका लागि निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । प्रधानसेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशन २०७८ को लक्ष्य नं. ६ (कल्याणकारी सेवा र सहुलियतको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने) अनुरुप कल्याणकारी कार्य अन्तर्गत् यस्तो व्यवस्था गरिएको हो ।

सेनाको कल्याणकारी निर्देशनालयले निःशुल्क स्यानिटरी प्याड वितरणका लागि आफ्नो उत्पादन कारखाना समेत स्थापना गरेको छ । कारखानाबाट प्रतिव्यक्ति मासिक १६ वटा स्यानिटरी प्याड वितरण गर्नेगरी उत्पादन सुरु भइसकेको निर्देशनालयले जनाएको छ । स्यानिटरी प्याड उत्पादन कारखाना स्थापनाका लागि माछापुच्छ्रे बैंकले सैनिक कल्याणकारी निर्देशनालयलाई मेसिन उपलब्ध गराएको छ । यस्तै, नबिल बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकले पनि प्याड उत्पादनका लागि सहयोग गरेको नेपाली सेनाले जनाएको छ । मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उक्त बैंकका प्रतिनिधिहरूको उपस्थितिमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले प्रधानसेनापति प्रभुराम शर्मालाई स्यानिटरी प्याड उत्पादन मेसिन हस्तान्तरण गरेका थिए ।

नेपाली सेनाले सैनिक कल्याणकारी कोष खडा गरी बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा र आश्रित परिवारको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सैनिक कल्याणकारी कोषको सञ्चालन र व्यवस्थापन सैनिक ऐन २०६३ अनुरुप हुँदै आएको छ । कोषअन्तर्गत् सञ्चालित महाविद्यालय तथा विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई पनि निःशुल्क र नियमित स्यानिटरी प्याड उपलब्ध गराइने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया