नक्कली शरणार्थी बनाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का मोर्चा सङ्गठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडालगायतको प्रतिनिधिमण्डलले दिएको ज्ञापनपत्र बुझ्दै उहाँले दोषी नउम्कने, निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको बताए ।
एकीकृत समाजवादीले यस प्रकरणमा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकामा सरकारलाई धन्यवाद दिएको छ । विगतका धेरै भ्रष्टाचार विषय बीचैमा सामसुम पारिएको हुँदा यति गम्भीर मुद्दालाई कुनै पनि प्रकारको मिलेमतोमा कमजोर नबनाउन र ढाकछोप नगर्न समाजवादीले सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
मानव अधिकार तथा शान्ति समाजले पनि आजै उपप्रधानमन्त्री श्रेष्ठलाई पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । समाजले नक्कली शरणार्थी प्रकरणका दोषी तथा सबै भ्रष्टाचारीलाई कारबाही गर्न र मानवअधिकारमैत्री ऐन बनाई सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन आग्रह गरेको छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया