Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्राफिक प्रहरीद्वारा ‘लकडाउन’मा थप कडाइ

ट्राफिक प्रहरीद्वारा ‘लकडाउन’मा थप कडाइ


काठमाण्डौं,चैत २६
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयनका लागि थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरू तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाइ गरेको हो । ट्राफिक प्रहरीले मंगलबार मात्रै काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने पाँच सय १० वटा २ पाङ्ग्रे र ३५ वटा ४ पाङ्ग्रे गरी जम्मा पाँच सय ४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा एक सय ५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाइन्ट राखी सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ । कोरोना भाइरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी देशव्यापीरूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लङ्घन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिएको र आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित बेलुका उक्त सवारी साधन छाड्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।

‘लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर तपाईंहाम्रो सम्पूर्णको सुरक्षाको लागि हो’, ढकालले भने । यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन पनि ढकालले आग्रह गरे । काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि लकडाउन उल्लङ्घन गर्ने पाँच हजार एक सय ९१ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ ।

पाससम्बन्धी नयाँ व्यवस्था
जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्वारा विभिन्न मितिमा जारी भएको ७ (सात) दिने पहेँलो रङको सवारी पास अब थपिएको लकडाउन अवधिभर मान्य प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ट्राफिक महाशाखालाई उक्त पास लकडाउन अवधिभर मान्य हुनेगरी पत्राचार गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

अन्य १ दिने, ३ दिने वा अन्यथा लेखिएका पासहरू भने मंगलबारबाट खारेज भएको छ ।पास भएकालाई पनि विशेष निगरानीट्राफिक प्रहरीले पास भएकालाई पनि विशेष निगरानी राख्ने जनाएको छ । पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेविरुद्ध महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरी कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी श्रेष्ठले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x