Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


लकडाउनमा खाद्यद्वारा झण्डै नौ हजार क्विन्टल खाद्यान्न बिक्री
काठमाण्डौं,चैत २७

नोबल कोरोना भाइरस (कोभिड १९) का कारण मुलुकभर लकडाउनको अवधिमा करिब नौ हजार क्वीन्टल खाधन्न विक्री भएको छ । चैत ११ गते देखि चैत १९ गते सम्म मुलुकभर लकडाउन गरेको सरकारले समय थप गर्दै वैशाख ३ गते सम्म मुलुकभर लकडाउन गरेको छ ।सो अवधिमा खाद्य व्यवस्था तथा व्यापारी कम्पनी लिमिटेडले भने आठ हजार नौ सय क्वीन्टल खाद्य सामग्री बिक्री भएको जनाएको छ ।

लिमिटेडले खाद्य सामग्रीको रुपमा चामाल, सिमी, तिते फापर लगायतको सामग्री बिक्री गर्दै आएको छ भने लकडाउनको अवधिमा इन्डक्सन चुल्हो समेत बिक्री गरेको पाईन्छ  । लिमिटेडका विभागीय प्रबन्धक श्रीमणिराज खनालले मंगलबार सम्ममा पाँच हजार क्वीन्टल चामाल, ६० क्वीन्टल सिमी बिक्री गरेको बताए । हामीले भण्डारण गरेर राखेको चामाल, सिमीबाट पछिल्लो समय अर्थात् लकडाउनको अवधिमा सो परिणामा बिक्री गरेका हौं, उनले भने, हामीले पाँच, छ प्रकारको चामल, सिमी, तितेफापर बिक्री गर्दै आएका छौं ।

लिमिटेडले सोना मंसुली, जापनिज, जिरी, बासमती, लगायतको छ प्रकारको चामल बिक्री गर्ने गरेको छ भने सो मध्ये जापनिज चामाल सहयोग मार्फत् आएको हो भने अन्य चामल भने मुलुकको विभिन्न स्थानबाट खरिद गरेको हो । उनले यसअघि भने स्थानीय निकायले लिमिटेडबाट चामाल, सिमी लगायतका सामग्री लैजान नगरेको बताए ।

‘लकडाउनसँगै स्थानीय तहलाई खाद्य सामग्री अत्यधिक माग गरेको कारण बिक्री बढेको हो’, उनले भने, ‘पछिल्लो समयमा धेरैजसो स्थानीय तहले खाद्यान्न माग गरेका छन् जसले गर्दा बिक्री परिणामा वृद्धि भएको हो । हुम्लामा भने हवाइ जहाज मार्फत् ढुवानी गरेको बताँउदै अन्य स्थानको हकमा भने यातायातका साधनमार्फत ढुवानी गरेको बताए ।

उनले लिमिटेडले काठमाडौं उपत्याकको पाँचवटा स्थान र उपत्याकाबाहिर ३५ वटा स्थानबाट खाद्य सामग्री बिक्री गर्दै आएको बताए । ‘हामीले सबै क्षेत्रमा खाद्य लगायतका आवश्यक सामग्री पु¥याउने उद्देश्यका साथ मुलुकको सबै क्षेत्रमा बिक्री गर्दै आएका हौं’, उनले भने, ‘हामीले सातवटा प्रदेश मै बिक्री केन्द्र राखी नागरिकलाई सेवा प्रदान गरेका छौं ।’

लिमिटेडले बिक्रीपश्चात् पनि २३ हजार मेट्रिक टन चामल र एक सय २० क्विन्टल सिमी स्टक रहेको जानकारी दिएको छ । ‘मौज्दात खाद्यन्न निरन्तर बिक्री भएमा पनि छ महिनालाई बजार धान्न सक्ने छौं’, उनले भने, ‘चक्रिय प्रणलीमा खरिदबिक्री हुने हुँदा खाद्यान्न अभाव हुँदैन ।’खाद्यान्नको अभाव नहोस् तथा महँगी नबढोस् भनेर हामीले प्रत्येक वर्ष खाद्यान्न सञ्चित गरेर राखेको उनले बताए ।

ही खाद्यान्न हाल बिक्री वितरण गरेको उनको भनाइ छ । ‘हामीले आपत्कालीन अवस्थामा समेत नागरिकलाई खाद्यान्न प्रवाह गर्नु सकियोस् भन्ने उद्देश्यले खाद्यन्न भणडरण गरेर राखेका हुन्छ जुन हाल देखिएको कोरोना भाइरसको कारण लकडाउनको अवस्थामा नागरिकलाई राहत मिलेको छ’, उनले भने । उनले लिमिटेडले चामल, सिमी सँगै दाल, तेल लगायतका सामग्री पनि थप गर्ने बताए ।

पछिल्लो समय उपभोक्ताहरुले दाल, तेल थप गर्न आग्रह गरेसँगै सो सामग्री थप गर्न तयारीमा जुटेको उनले बताए । उनले भने, ‘आगामी दिनमा कस्ता सामग्रीहरुको माग हुन्छ सोहीअनुसार थप गर्दै जाने लक्ष्य लिएका छौं ।’ यसअघि लिमिटेडले दुर्गमका २३ वटा जिल्लामा विशेषगरी खाद्यन्न बिक्री वितरण गर्दै आएको थियो । ‘यसअघि हामीले विशेष गरी दुर्गम जिल्लामा खाद्यान्न बिक्री गर्दै आएका थियो’, उनले भने, ‘यसो भनेर सुगममा भने बिक्री नै नगरेको होइन सुगममा बजार तथा सामग्री उपलब्धताका कारणले गर्दा कम बिक्री हुन्थ्यो ।

तर पछिल्लो समयमा भने बजार बन्द हुदाँ हामीले नागरिकलाई सेवा प्रदान गरेका छौं ।’अघिल्ला वर्षमा भने दुर्गमा जिल्लामा भने वार्षिक करिब एक लाख ५० हजार क्विन्टल चामाल बिक्री गर्ने गरेको उनको भनाइ छ । उनले भने, ‘हाल भने काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, धनगढी, सुर्खेत लगायतका शहरहरुमा समेत खाद्य सामग्री वितरण गरेका छौं । यसले हामीलाई थप प्रेरणा मिलेको छ त्यसैले गर्दा सामग्री थप गर्दै बिक्री वितरण पनि बढाउने लक्ष्य लिएका छौं ।’ यस्तै उनले स्वास्थ्य असुरक्षाका बीच खाद्य सामग्री बिक्री वितरण बताए ।

हामीले मास्र्क र पन्जा मात्र लगाएर स्वास्थ्यको जोखिम मोल्दै काम गरेका छौं, उनले भने, दिनहुँ सयौं उपभोक्ताहरु सामग्री खरिद गर्न आएका हुन्छन्, त्यही पनि सेवा प्रवाह निरन्तर गरिरहेका छौं सरकार छ भने अनुभुति दिलाउन सफल भएको उनले बताए ।

उनले चीन सरकारबाट प्राप्त सात हजार चार सय २५ वटा इन्डक्सन बिक्री भइसकेको बताए । ‘लकडाउनको समयमा बजारमा एलपी ग्यासको अभाव भएसँगै उपभोक्ताले इन्डक्सन किन्न थालेका हुन्’, उनले भने, ‘लिमिटेडसँग चूलो बिक्री भएसँगै खरिद प्रक्रिया अघि बढाएका छौं ।’ नाकाबन्दीको समयमा चीन सरकारले दिएको इन्डक्सन चुलो मूल्य बढी भएको भन्दै सो सयमा बिक्री हुन सकेको थिएन । सुरुमा १२ हजार रुपैयाँ तोकेको चुलोको मूल्य एक वर्ष पछि सरकारले चार हजार तोकेको थियो ।

अनलाइन व्यापार सुरु
लिमिटेडले बुधबारदेखि अनलाइन सपिडको समेत व्यवस्था गरेको छ । उसले रिङरोडभित्र निशुल्क डेलिभरीको समेत व्यवस्था गरेको छ । ‘अनलाइन सपिड तथा होम डेलिभरीको लागि दुई हजारभन्दा कम मूल्यको सामग्री लिन नपाउने व्यवस्था गरेका छौं’, उनले भने, ‘उपभोक्ताको मागलाई ध्यानमा राखी अनलाइन डेलिभरीको समेत व्यवस्था गरेका हौं । चक्रपथ भित्रको दूरी धेरै नहुदाँ डेलिभरी शुल्कमा छुट दिएका हौं ।’

लिमिटेडले यसबाट उपभोक्तालाई राहत मिल्ने समेत जनाएको छ । उनले अनलाइन सपिड सुरुवाती चरण भएको हुँदा भोलिका दिनमा माग बढ्दै गएमा यसको दायरा फराकिलो बनाउँदै जाने बताए । लिमिटेडले चामल, सिमी, फापरका अतिरिक्त तेल, भटमास, दाल लगायतका सामग्री समेत थप गर्ने तयारीमा रहँदा अनलाइन व्यापार समेत फस्टाउने सम्भावना रहेको पाइन्छ । बजारको मूल्यभन्दा केही सस्तो हुने हुदाँ पछिल्लो समय लिमिटेडे प्रति नागरिकको चासो समेत बढेको छ । लिमिटेडले समेत आफनो उपभोक्ताहरु बढदै गएको बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x