Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररामलक्ष्मण इन्नोभेसनले बनायो कोरोना ट्र्याकिङ र डाक्टरको परामर्श दिने एप, सरकारलाई निःशूल्क प्रयोग गर्न दिइने

रामलक्ष्मण इन्नोभेसनले बनायो कोरोना ट्र्याकिङ र डाक्टरको परामर्श दिने एप, सरकारलाई निःशूल्क प्रयोग गर्न दिइने


काठमाडौं । जुम्ल्याहा दाजुभाई रामलक्ष्मणले आफ्नो कम्पनी रामलक्ष्मण इन्नोभेसन प्रालि मार्फत कोभिड(१९ ९कोरोना भाइरस० का संक्रमित ट्र्याकिङ सहित डाक्टरको परामर्श दिने एप तथा सफ्टवेर विकास गरेका छन् । कम्पनीले करीब एक महिना लामो प्रयासमा एकीकृत र अन्तरकृयात्मक प्रणालीको विकास गरेको हो ।

एप मार्फत संकास्पद व्यक्तिले प्रविष्ठ गरेका आफ्ना स्वास्थ्य समस्याका विषयमा विशेषज्ञ चिकित्सकबाट परामर्श तथा उपचारको जानकारी प्राप्त गर्न सक्नेछन् ।

कोरोना भाइरसले विश्वलाई नै आक्रामण गरिरहँदा नेपाल समेत विगत दुई सातादेखि लकडाउनमा छ । कोरोना संक्रमितको संख्या ९ पुगिसकेको नेपाल महामारीको दोश्रो चरणमा प्रवेश गरेको छ । यस्तो अवस्थामा कोरोनाको संक्रमण फैलिन नदिन विभिन्न क्षेत्रबाट अनेक प्रयासहरु जारी छन् ।

यसैक्रममा रामलक्ष्मण इनोभेसन्स प्रालिले नेपालमा कोरोनाको संत्रास सुरु भएदेखि सो सम्बन्धी सम्पूर्ण विवरण दिन थालेको प्रयासले यतिखेर मूर्त रुप लिएको छ । लकडाउनको समयमा घरमै बसेका तथा सेल्फ क्वारेन्टाइनमा रहेका सर्वसाधारण र अस्पताल भर्ना भएका बिरामीहरुले घरबाटै विज्ञ चिकित्सकसँग आफ्नो स्वास्थ्य समस्या राख्न सक्ने र त्यसको दैनिक विवरण हेर्न तथा मुल्यांकन सकिने सहितको कन्ट्याक्ट ट्र्याकिङको रीक्ततालाई पुर्ति गर्न मोबाइल तथा कम्प्युटर सफ्टवेयरको विकास गरेको हो ।

मोबाइल एपमार्फत डाटा प्रविष्ठ गर्ने, रिपोर्ट तथा वेबमा आधारित लिंक मार्फत विस्तृत रिपोर्ट ९चाहेको ढाँचामा० तयार गर्न सकिन्छ । ‘आजको विषम परिस्थितीमा हामी आफैंले आआफ्नो क्षेत्रबाट के योगदान गर्न सकिन्छ, भनेर सोच्ने बेला हो,’ रामलक्ष्मणले भनेका छन्, ‘त्यसैले हामी हाम्रोतर्फबाट सरकार, गैरसरकारी निकाय, अन्य सम्बन्धित स्वयंसेवी संस्था आदिमा उपयोग गर्न मिल्ने गरी यो एप र सफ्टवेयर बनाएका छौँ । जुन निःशुल्क उपलब्ध गराउन चाहन्छौं ।’

एप तथा सफ्टवेयरका लागि कम्पनीको प्राविधिक टिमले आवश्यक सहयोग समेत उपलब्ध गराउनेछ । रामलक्ष्मण इन्नोभेसनले तयार पारेको कोभिड(१९ ट्र्याकिङ एप तथा सफ्टवेयरमा हालसम्म विकास भएका केही विशेष फिचर समेत समावेश गरिएको छ । यस्तो विषम परिस्थितिमा सरकारलाई समेत आवश्यक परे आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने आविस्कारक रिमालद्धयले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x