Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको जोखिममा सुदूरपश्चिम, झनै जोखिममा बझाङ !

कोरोनाको जोखिममा सुदूरपश्चिम, झनै जोखिममा बझाङ !


बझाङ,चैत २८

नेपालमा कोरोना भाइरसको सबैभन्दा उच्च जोखिममा सुदूरपश्चिम प्रदेश भएको समयमा बझाङ झन् यसको उच्च जोखिममा देखा परेको यहाँका जानकारहरुको भनाइ छ । देशमा लगडाउन भएको समयमा बझाङ जिल्लामा ग्रामीण बस्तीहरुमा भने यसको प्रभाव देखिएको छैन ।
जिल्लाको सदरमुकाम सुनसान भए पनि जहाँ प्रहरी, प्रशासनको पहुँच छैन त्यहाँ भने स्थानीय बासिन्दाले भीडभाड गर्ने गरेको पाइएको छ । जिल्लाबाहिर तथा भारतबाट समेत यहाँका ग्रामीण बस्तीहरुमा मानिसहरु पुगेका छन् ।

उनीहरु स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा नबसेर अधिकांश सिधै आफ्नो घर गएका कारण झन जोखिममा रहेको हो । केही स्थानीय बासिन्दाहरु भने २÷३ दिन मात्रै क्वारेन्टाइनमा बसेर पछि भागेर आफ्नो घर गएको पाइएको छ । गत २२ गते मात्रै बिथ्थडचिर गाँउपालिकामा ३८ जना क्वरेन्टीनबाट भागेर गएका थिए ।

यस्तै दुर्गाथली गाँउपालिकामा ३५ जना गाँउपालिकाले बनाएको क्वारेन्टाइनमा नबसेर आफ्नो घरमा गएको स्वास्थ्य कार्यलयको तथ्यांकमा उल्लेख छ । हाल जिल्लाभरका भारतबाट आएका ५ जना महिला, ३१२ जना पुरुष र ५ जना बालबालिका गरेर जम्मा ३२७ जना क्वारेन्टाइनमा बसेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x