Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा रहेकालाई लगानीको अवसर

वैदेशिक रोजगारीमा रहेकालाई लगानीको अवसर


काठमाण्डौं,वैशाख २

वैदेशिक रोजगारीमा रहेका वा रोजगारीबाट फर्केका नेपाल नागरिकहरुको लागि राष्ट्र बैंकले बचतपत्रको बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकका अनुुसार वैदेशिक रोजगारीबाट प्राप्त आयलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित आकर्षक ब्याजमा ४० करोड रुपैयाँ बराबरको बचतपत्र बिक्री खुल्ला गरिएको हो ।

यही वैशाख एक गते अर्थात सोमबारबाट पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र २०८२ को बिक्री खुल्ला गरिएको हो । यही वैशाख १ गते अर्थात् सोमबारदेखि वि.सं. २०७७ असार २१ गतेसम्म खरिद गर्न सकिने बचतपत्रको निष्काशन मिति २०७७ वैशाख २७, जेठ २७ गते र असार २७ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार बचतपत्रको सावाँ भुक्तानी मिति भने वि.सं. २०८२ वैशाख २८ गते, जेठ २८ गते र असार २८ गते तोकिएको छ । वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी छ÷छ महिनामा हुुनेछ । बचतपत्र खरिदको लागि वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार बचतपत्रको लागि खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म तोकिएको छ । बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् भने खरिद गरिएको बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन÷दिन समेत सकिनेछ । बचतपत्र खरिदको सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, माछापुच्छे« बैंक, प्रभुु बैंकसहितका ११ वटा संस्थाहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकमा खोलियो कोरोना भाइरस कोष खाता
नेपाल राष्ट्र बैंकमा कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष खाता खोलिएको छ । राष्ट्र बैंकका अनुुसार महालेखा नियन्त्रकको कार्यालयको पत्रअनुसार राष्ट्र बैंकमा नै उक्त खाता खोलिएको हो ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये कुुनै पनि बैंकहरुमा यसअघि नै कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष खाता खोलिएको छ भने त्यस्ता खातालाई सोही समूहअन्तर्गत रहने तथा उक्त खातामा जम्मा भएको र आगामी समय जम्मा हुुन आउने रकमहरु त्यसरी जम्मा हुुन आएको दिनको भोलिपल्ट नै रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)मार्फत राष्ट्र बैंकमा रहेको खाता मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x