Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


लकडाउन वैशाख १५ गतेसम्म अन्तर्राष्ट्रिय नाका पनि बन्द
काठमाण्डौं,वैशाख ३

काठमाडौंमा थप दुई जनामा कोरोना भाइरस देखिएकै दिन सरकारले कोरोना भइरसको सम्भावित जोखिमबाट बच्नका लागि यही वैशाख १५ गते सोमबारसम्म लकडाउन कायम गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारेमा जानकारी दिँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नागरिकको सुरक्षाका लागि वैशाख १५ गते मध्यरातसम्म लकडाउन कायम राख्ने निर्णय गरेको बताए ।

‘विश्वव्यापीरुपमा कोरोना भइरसको सङ्क्रमण फैलिने सम्भावना कायम नै रहेको हुनाले यही वैशाख १५ गते सोमबार मध्यरातिसम्म लागू हुने गरी लकडाउन कायम गर्ने निर्णय भएको छ’, मन्त्री डा. खतिवडाले भने । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसबाट सुरक्षित रहन छिमेकी मित्र राष्ट्रहरूले चालेको प्रयास र अभ्यासलाई समेत ध्यानमा राखेर काम गरिरहेको जानकारी दिए ।

‘नेपालमा बसोबास गर्ने सबैलाई सुरक्षा दिनका लागि नेपालमा अन्तर्राष्ट्रिय सिमाना र खुला सिमानाबाट हुने आवतजावत बन्द गर्ने पहिलाको निर्णयलाई नै निरन्तरता दिएको छ, आदेशको पूर्ण पालना नगर्नेलाई कानुनबमोजिम कारबाही गर्ने निर्णय भएको छ’, अर्थमन्त्री खतिवडाले भने । सरकारले कोरोना सङ्क्रमण रोगको रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि भएको र हालसम्म यसको पालना गरी साथ दिएकोमा सबै नेपालीलाई धन्यवाद दिएको छ ।
बैठकले प्रशासन क्षेत्रका सहसचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गरी प्रदेश नम्बर २ को प्रमुख सचिवमा सरुवा गर्ने निर्र्णय गरेको छ । प्रदेश नम्बर २ का मुख्य सचिवलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गर्ने निर्णय गरेको छ । बैठकले इञ्जिनयिरिङ क्षेत्रका सहसचिव सागर राईलाई सचिवमा बढुवा गरी नेपाल ट्रष्टमा पदस्थापना गर्ने र नेपाल ट्रष्टका सचिव रामकृष्ण सापकोटालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x