Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्यानिटाइजर बिक्रीमा ब्रह्मलुट बजारमा सरकारको अनुगमन छैन

स्यानिटाइजर बिक्रीमा ब्रह्मलुट बजारमा सरकारको अनुगमन छैन


विराटनगर,वैशाख ३

कोरोना भाइरसको कारण स्यानिटाइजरको माग बढेसँगै यसको गुणस्तरहीन उत्पादनहरू बजारमा आउन थालेका छन् । स्यानिटाइजर हात सफा गर्ने सबैभन्दा सरल उपाय भएकोले सबैको ध्यान अहिले यसको उत्पादनतर्फ मोडिन पुगेको छ । पछिल्लो समय नेपालीहरूले साबुनपानीले कम स्यानिटाइजरले हात बढी सफा गर्न थालेसँगै कस्तो स्यानिटाइजर प्रयोग गर्नुपर्ने हो ? कस्तो उत्पादन बजारमा पठाउनुपर्ने हो ? भन्ने समान्य अनुगमनसमेत अहिले बजारमा हुन सकेको छैन । त्यसतर्फ सरकारका कुनै पनि निकायले समेत ध्यान दिन सकेको छैन । तर, व्यापारीहरूले सेनेटाइजरका नाममा जस्तोसुकै माल बजारमा खुलेयाम बिक्री गर्न थालेपछि त्यसबाट उत्पन्न हुने समस्याको जवाफदेही को भन्ने प्रश्न गम्भीररूपमा उठ्न थालेको छ ।

नेपालसहित छिमेकी मुलुक भारतमा पनि कोरोनाको संक्रमण बढ्दै गएपछि भारतले स्यानिटाइजरको आयातमा प्रतिबन्ध लगाएको छ । त्यसपछि नेपाली बजारमा पनि स्यानिटाइजरको अभाव हुन थालेको थियो । जसले गर्दा पछिल्लो समय विराटनगर बजारमा जुनसुकै ब्राण्डकै किन नहोस मानिसहरू जतिसुकै मूल्य तिरेर पनि स्यानिटाइजर खरिद गर्न तयार भएको देखिन थालेका छन् । बजारमा गुणस्तरहीन स्यानिटाइजर बिक्रि हुन थालेको गुनासो सार्वजनिक भएपछि अहिले कस्तो स्यानिटाइजर खरिद गर्नुपर्ने हो भन्ने अन्यौलता भएको एक उपभोक्ताले बताए । व्यवसायीका अनुसार औषधि व्यवस्था विभागले निश्चित मापदण्ड निर्धारण गरेको भएपनि अहिले बजारमा स्यानिटाइजरका नाममा ब्रह्मलुट मच्चिन थालेको छ ।

अर्का एक व्यवसायीका अनुसार बजारमा बिक्रीका लागि पठाउने स्यानिटाइजरमा ७० देखि ८० प्रतिशत इथेल अल्कोहल वा आइसोप्रोपल अल्कोहलको मात्रा हुनुपर्ने निश्चित मापदण्ड भएको हुनुपर्ने छ । तर, विराटनगर बजारमा बिक्रीका लागि आएका स्यानीटाइजरमा उक्त मापदण्ड नै नभएको ती व्यवसायीको दाबी छ । सरकारले पनि यसअघि बिक्रीका लागि आउने स्याइनिटाइजरको कुनै पनि मापदण्ड निर्धारण नगरेको जानकारी उनले दिएका छन् । त्यसैको फाइदा उठाउँदै स्यानिटाइजर उत्पादकहरूले मौकामा ब्रह्मलुट मच्चाएको ती व्यवसायीले दाबी गरेका छन ।

पछिल्लो समय कोरोनाको आतंक बढ्दै गएपछि सुवास्थ्य सेवा विभागले मापदण्ड निर्धारण गरेपनि कतिपयले भने ७० देखि ८० प्रतिशत अल्कोहलको मात्रा नभएको र मिथानोल जस्तो विषाक्त रसायन स्यानिटाइजर विराटनगर बजारमा धमा धम बिक्री वितरण गर्दै आएकोव्यवसायी एवं उपभोक्ताले दाबी गर्न थालेका छन् । हातमा भएका किटाणु नष्ट गर्न स्यानिटाइजरमा इथेल अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत हुनु अनिवार्य छ । तर, बजारमा बिक्रि भइरहेका कतिपय स्यानिटाइजरमा अल्कोहलको मात्रा पूरा नभएको र मिथानोलसमेत समावेश गरिएको जानकारी व्यवसायीले दिएका छन् ।

मिथानोलले शरीरमा नकारात्मक असर गर्ने चिकित्सकले जानकारी दिएका छन् । मिथानोल आँखामा प¥यो भने दृष्टि गुम्ने र शरीरभित्र प¥यो भने मानिसको ज्यानै पनि जानसक्ने खतरा रहेको चिकित्सकहरूको भनाइ छ । रंगलाई पातलो बनाउन मिथानोल रसायनका रूपमा प्रयोग हुनेगरेको छ । अहिले विराटनगरमा सञ्चालनमा रहेका केही साबुन उद्योगले स्यानिटाइजर बनाउन थालेका छन् । कोभिड १९ को सन्त्रास बढेपछि बजारमा स्यानिटाइजरको अभाव सिर्जना नहोस् भनेर उद्योग विभागले दर्ता प्रक्रिया सुरु गरेपछिसाबुन उद्योगहरूले स्यानिटाइजरको उत्पादन प्रक्रियामा गएर उत्पादन सुरु गरेको बताएका छन् ।

पछिल्लो समय देशभित्र मात्र विभिन्न २० वटा कम्पनीले उद्योग विभागमा दर्ता भई स्यानिटाइजर उत्पादन थालेका छन् । एक उद्योगीले भने, ‘यसअघि नेपालमा स्यानिटाइजर बिक्रीका लागि उत्पादन भएको थिइएन तर अहिले २० वटा उद्योगले उत्पादन सुरु गरिसकेका छन् ।’ उद्योग विभागले गत चैत ९ गते नै सूचना प्रकाशित गरी स्यानिटाइजर उत्पादन गर्न इच्छुक उद्योगलाई दर्ता हुन आह्वान गरेको थियो । सूचना प्रकाशित भएको भोलिपल्टै साबुन उद्योगले दर्ता गरीस्यानिटाइजर उत्पादन गर्न सुरु गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x