काठमाडौं । एमजी भेइकलका लागि नेपालको एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभी एमजी जेडएस इभी (डिलक्स) को प्रि–बुकिङ खुला गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा अत्यधिक कर वृद्धि भए पनि एमजीको यस मोडलको गाडीको मुल्य जम्मा ५२ लाख ९९ हजार रुपैयाँ मात्रै तोकिएको कम्पनीले जनाएको छ । बजेट भाषण अगाडि यस गाडीको मुल्य ५२ लाख ४९ हजार रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार नयाँ एमजी जेड एस ईभी (डिलक्स) ९९ मोटर पिक पावरले सुसज्जित छ । जसले २८० एनएम अधिकतम टर्क प्रदान गर्छ । ५१ किलोहर्ज ब्याट्री क्षमताले एकल चार्जमा ३२० किलोमिटरको दायरा दिन्छ, जुन ३० मिनेटभित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको ब्याट्री आठ वर्ष वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
सुरक्षाका लागि यसमा ६ वटा एयर ब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्डजस्ता फिचरहरू राखिएका छन् । यस्तै, मनोरन्जनका लागि प्रिमियम पानोरमिक सन–रुफ, डीएबी रेडियो र ब्लुटुथयुक्त १० दशमलव एक इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरका लागि सात इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, छ वटा स्पिकरसहितको थ्रिडी साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सिटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङजस्ता फिचरहरू राखिएको कम्पनीले जनाएको छ । एमजी जेड एसइभी (डिलक्स) भेरियन्ट ५ रंगहरू डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमन्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लुमा उपलब्ध हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया