Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि व्यवसायीको दबाबमा नेपालमा यथावत्

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि व्यवसायीको दबाबमा नेपालमा यथावत्


काठमाण्डौं,वैशाख ५

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपालमा भने तेल व्यवसायीको दबाबमा नेपाल आयल निगमले यथावत् राखेको छ । भारतबाट नयाँ मूल्यसूची आएपछि निगमले प्रत्येक १५÷१५ दिनमा मूल्य घटाउने वा बढाउने गर्नुपर्ने थियो । १ तारिखमा निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर दश रुपैयाँ घटाएपछि व्यवसायीले विरोध गरेका थिए ।

भारतीय आयल कर्पोरेशनबाट प्राप्त बिहीबार प्राप्त अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य केही घटेर आए पनि खपत न्यून भएको कारण देखाउँदै निगमले मूल्य नघटाएको हो । ‘भारतबाट मूल्य घटेको भनेर मूल्य सूची आएको छ’, निगमका एक अधिकारीले भने, ‘नेपालमा खपत नै नभएको कारण मूल्य नघटाएका हौं ।’ सरकारले निर्वाचन, चाडबाडको बेलामा अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि नेपालमा वृद्धि गर्ने गरेको छैन । अहिले पनि स्थानीय प्रभावलाई कारण देखाउँदै निगमले मूल्य नघटाएको हो ।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्याविधि, २०७१’ अनुसार इन्धनको बिक्री मूल्य हरेक १५÷१५ दिनमा समायोजन गर्दै आएको छ । कोभिड–१९ को फैलने जोखिम रहेको भन्दै सरकारले गत चैत ११ देखि यही वैशाख १५ गतेसम्म ‘लकडाउन’ गरेको छ ।

लकडाउनमा अत्यावश्यकबाहेकका सवारी साधन नगुडेपछि पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ । गत १ तारिखमा मूल्य घटाउन तेल व्यवसायीहरुले आफूहरुलाई धेरै घाटा परेको भन्दै सकरारसँग क्षतिपूर्ति मागेका थिए । तर, निगमले ५० करोड रुपैयाँ कोभिड रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारलाई दिने निर्णय गरेपछि व्यवसायीहरु चुप लागेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x