मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान
काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । आर्थिक वर्षको जेठ महिनामा झण्डै एक लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकारमार्फत मनकामना यात्रा गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।
कम्पनीका अनुसार यस वर्षको जेठ महिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको हो । यसअघि आर्थिक वर्ष २०७५/७६ मा जेठ महिनामा नै एक लाख ३५ हजार दुई सय ७२ को मासिक रेकर्ड थियो, जुन चालू आवको जेठ महिनामै तोडिएको छ । चालू आवको जेठ महिनाको औसत प्रतिदिन यात्री चार हजार सात सय पुगेको कम्पनीले जनाएको छ । यस्तै, भारतीय यात्रीहरूको पनि उल्लेख्य वृद्धि भएको देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा करिब दुई लाख ७० हजार भारतीयहरूले मनकामना भ्रमण गरेको जनाइएको छ । यस्तै, सात लाख छ हजार नेपालीले मनकामना दर्शन गरेका छन् । यस वर्ष भने औसत प्रतिदिन यात्री चार हजार सात सय पुगेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया