Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमानुषी लघुवित्तको साधारणसभा

मानुषी लघुवित्तको साधारणसभा


काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार संस्थाकी अध्यक्ष पद्मासना शाक्यको अध्यक्षतामा संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य राख्दै संस्थाको समग्र अवस्थाबारे प्रकाश पारिन् । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् ।

सभामा वक्ताहरूले विश्व अर्थतन्त्र कोभिडपश्चात बिस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौती थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले व्यवसाय चुनौतीपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरूका कारणले आव २०७८/०७९ मा सहज हुँदै गएको तर पछिल्लो समय लघुवित्तमाथि चौतर्फी आक्रमण हुँदा थपिएको चुनौतीका विषयमा बोलेका थिए ।

आव २०७८/०७९ मा संस्थाको सबै वित्तीय सूचकांकहरू उत्साहप्रद रहेको छ । सोही आवमा आईपीओ जारी गरी संस्थाले चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पु-याएको थियो । आव २०७८/०७९ मा संस्था कुल एक करोड ७२ लाख ३७ हजार एक सय पाँच रुपैयाँ नाफाआर्जन गर्न सफल भएको छ । सभाले संस्थाको सञ्चालक समितिको तर्फबाट प्रस्तुत सम्पूर्ण प्रस्तावहरू उपर छलफल गरी सर्वसम्मतिले अनुमोदन गरेको संस्थाले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया