ट्राफिक सचेतना कक्षा भक्तपुर र ललितपुरमा
काठमाडौं । काठमाडौँ उपत्यकाका दुई जिल्ला भक्तपुर र ललितपुरमा ट्राफिक सचेतना कक्षा सुरू गरिएको छ । भक्तपुरको चुनदेवीस्थित ट्राफिक प्रहरी परिसरमा र ललितपुरको सातदोबाटोस्थित ट्राफिक प्रहरी परिसरमा आइतबारदेखि सचेतना कक्षा सुरु गरिएको हो ।
भक्तपुरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले र प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ललितपुरको सचेतता कक्षाको शुभारम्भ गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मात्र हुँदै आएको सचेतता कक्षा सेवाग्राहीको सुविधालाई मध्यनजर गरी आइतबारबाट ललितपुर र भक्तपुर जिल्लामा पनि सुरु गरिएको प्रवक्ता भट्टले जानकारी दिए । तीव्र गतिमा सवारी चलाउँदा र रातो बत्ती तथा सडक लेन उल्लंङ्घन गरेको कसुरमा ललितपुर र भक्तपुर जिल्लामा कारबाहीमा परेका चालकले सम्बन्धित जिल्लामै सचेतता कक्षा लिनुपर्नेछ ।
काठमाडौँ, ललितपुर र भक्तपुरमा मदिरा सेवन गरी सवारी साधन चलाउँदा कारबाहीमा परेका चालकले भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमै आएर सचेतता कक्षा लिनुपर्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया