Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा एकैदिन १४ सहित ३१ जनामा कोरोना सङ्क्रमण एकैदिन दुई जना डिस्चार्ज

नेपालमा एकैदिन १४ सहित ३१ जनामा कोरोना सङ्क्रमण एकैदिन दुई जना डिस्चार्ज


काठमाण्डौं,वैशाख ७
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा शुक्रबार एकैदिन देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा दुई जनामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताए । उदयपुरमा एकै ठाउँमा भेटिएका ती १२ जनामध्ये एक जना मात्र नेपाली हुन् । अरु सबै भारतीय नागरिक हुन् । शनिबार पनि नेपालभित्रै थप एकजना भारतीयमा कोरोना संक्रमण भएको फेला परेको छ ।

नेपालमा एकै दिन यति धेरै सङ्ख्यामा सङ्क्रमित रहेको पहिलोपटक हो । यसअघि छिटफुटरुपमा परीक्षणका क्रममा सङ्क्रमित भेटिएका थिए । योसँगै सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक गत चैत १० गते विदेशबाट आएका व्यक्तिमा सङ्क्रमित देखिएको थियो । उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्षणका लागि पठाएपछि कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यसअघि गत मङ्गलबार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा सङ्क्रमण देखिएको हो ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार उदयपुरमा सङ्क्रमण देखिएका सवै पुरुष रहेका र तिनीहरू नुरी मस्जिदमा रहेका थिए । यसैगरी चितवनमा दुई आमा छोरालाई सङ्क्रमण देखिएको हो । ती सङ्क्रमितको सम्पर्क (कन्याट्क टे«सिग) भइरहेको छ । उदयपुरमा सङ्क्रमित १२ जना पुरुष ३४ वर्ष, २९ वर्ष, २६ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २२ वर्ष, २५ वर्ष, २० वर्ष, ४० वर्ष र २९ वर्षका रहेका छन् । उनीहरुलाई विराटनगर लगेर कोशी अस्पतालमा उपचार गर्न थालिएको सरकारले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । साथै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य जारी राखिएको पनि सरकारले जनाएको छ ।

यसैगरी भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार राप्ती नगरपालिका–८ ब्रह्मनगरका ६३ वर्षीय महिला र उनका २७ वर्षका छोरामा कोरोना सङ्क्रमण भएको हो । उनीहरु दुवै बेलायतबाट गत चैतको पहिलो साता कतार एयरवेज हुँदै काठमाडौँ आएका हुन् ।

यसैगरी कोरोना लागेपछि उपचारका लागि अस्पताल भर्ना भएका दुई महिला शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । टेकुको शुक्रबार ट्राफिक अस्पतालबाट काठमाडौंकी प्रसिद्धि श्रेष्ठ डिस्चार्ज भएकी हुन् । उनी नेपालकै दोस्रो कोरोना पीडित हुन् । उनी चैत ४ गते फ्रान्सबाट काठमाडौं आएकी थिइन् । भियतनामको साथीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी चैत ९ गते परीक्षणका लागि टेकु पुगेकी थिइन् ।

नमूना परीक्षणमा कोरोना पुष्टि भएपछि उनको त्यही उपचार सुरु गरिएको थियो । माघ ९ गते कोरोना देखिएका एक युवक पनि उपचार गरेर यसअघि नै घर फर्किसकेका छन् । त्यस्तै, शनिबार नै बागलुङमा एक वृद्धा पनि कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । ६५ वर्षीया ती वृद्धालाई चैत २० गते कोरोना भएको पुष्टि भएको थियो । उनी बेल्जियमबाट नेपाल आएकी थिइन् । उनलाई धौलागिरि अस्पतालमा उपचार गरिएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x