Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजोखिम मोलेरै कार्यसम्पादन गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु

जोखिम मोलेरै कार्यसम्पादन गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु


पोसकान्त पोखरेल
बुटवल, बैशाख ७

विश्वभर कोरोना भाईरस (कोभिड–१९) महामारीको रुपमा फैलिएको छ । संक्रमण फैलनबाट रोक्न सरकारले २०७६ चैत १० गते देखि देशभर लकडाउन गरेको छ । लकडाउनलाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्रहरु लागि परेका छन् । त्यसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, निजामती कर्मचारीहरु, सञ्चारकर्मीहरुले जस्तै बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले पनि जोखिम मोलेरै कार्यसम्पादन गर्दै आएका छन् । थरी–थरीका र फरक–फरक वा जुनसुकै क्षेत्रबाट आएका व्यक्तिहरु सँग सिधै सम्पर्कमा रहेर सेवा प्रवाह गर्ने बैंकिङ क्षेत्रका कर्मचारीहरु सर्वसाधारणहरुको आर्थिक समस्यालाई समाधान गर्न दिएको सेवा साच्चिकै प्रशंसनीय छ । भाईरस पैसामा पनि बाच्न सक्छ र पैसाबाट पनि संक्रमण फैलन सक्छ भन्ने जानकारी हुँदाहुँदै पनि वित्तीय क्षेत्रका कर्मचारीहरुले दिएको सेवालाई उदाहरणीय रुपमा लिन सकिन्छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड बुटवलका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सेवाग्राहीहरुका अपठ्या र कर्मचारीहरुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै वित्तीय सेवा प्रदान गरेको बताए । पौडेलले सेवाग्राहीलाई उच्चतम रुपमा डिजिटल प्रविधीको प्रयोग गर्न प्रोत्साहन गरेको बताउँदै डिजिटल प्रविधीबाट कारोबार गर्न नसक्ने सेवाग्राहीलाई मध्यनजर गर्दै शाखा कार्यालयहरु खोलेर कारोबार गरेको बताए । बैंकमा हरेक प्रकारका सेवाग्राही आउने हुँदा कुनैपनि किसिमको संक्रमण फैलनबाट रोक्न कर्मचारीहरुलाई आवश्यक सुरक्षा बिधी अपनाएर कार्यसम्पादन गर्न निर्देशन दिएको बताउँदै सेनेटाईजर, मास्क, गलप्स लगाएर दुरी कायम गरी सेवा प्रवाह गरेको अधिकृत पौडेलले बताए ।

प्रमुख कार्यकारी अधिकृत पौडेलले भने– परिस्थिती जति सुकै अपठ्यारो भएपनि आर्थिक कमजोरीताले त्यसलाई झन बढाउने काम गर्छ । समस्या परेको बेलामा आफूसँग भएको पैसा चलाउन पाईएन भने पैसा हुनु र नहुनुमा के नै फरक हुन्छ र ! सेवाग्राहीका तिनै आर्थिक समस्याहरुलाई समाधान गर्न पनि नियमित तथा आंशिक रुपमा कार्यालयहरु खोल्नु सबै बैंक तथा वित्तीय संस्थाको दायित्व हो । हामी पनि त्यसबाट टाढा हुने कुरै भएन । शनिबार बाहेक प्रत्येक दिन शाखा कार्यालयहरु रहेका एउटा जिल्लाको एउटा शाखा दिनमा दुई घण्टा ११ बजे देखि १ बजे सम्म खोलेर सेवा प्रवाह गर्दै आएका छौं । सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारी संयन्त्रको सञ्जालबनाउनुको साथैबैंकको वेव साईट मार्फत प्रत्येक दिन खुल्ने शाखा कार्यालयहरुको नाम, ठेगाना, उक्त कार्यालयमा काम गर्ने कर्मचारीहरुको नाम र सम्पर्क नम्बर सहित राख्ने गरेका छौं । बैंकले बनाएको सेडुल अनुसार शाखा कार्यालयहरुबाट सेवाग्राहीले सेवा पाउनु भएकै छ । त्यसमा पनि सेवाग्राहीलाई आवश्यकता देखिएबैंकको सेडुल (तालिका) भन्दा फरक दिन पनि कार्यालयहरु खोलेर कारोबार गर्दै आएका छौं ।

संक्रमणकालिन समयलाई मध्यनजर गर्दै कर्मचारीहरुले आलोपालो प्रणालीबाट शाखा कार्यालयहरु खोलेको बताउँदै पौडेलले आवश्यक न्यूनतम कर्मचारीहरुबाट शाखा कार्यलयहरु सञ्चालन हुने गरेको बताए । दैनिक दुई घण्टा सेडुलमा गरिएको सेवा प्रवाहले आवश्यकतामा परेको समस्यालाई समाधान गर्न पर्याप्त भएको बताउँदै सेवा प्रवाहमा कुनै समस्या भए सम्बन्धित शाखा कार्यालयको शाखा प्रवन्धक तथा केन्द्रिय कार्यालयमा सम्पर्क गर्न सम्पूर्ण सेवाग्राहीलाई आग्रह गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x