काठमाण्डौं,बैशाख ८
सवारी साधन खरिदमा बैंक तथा फाइनान्स कम्पनीहरुको कर्जा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक एवं २२ वटा फाइनान्स कम्पनीहरुले सवारी साधन (हायर पर्चेज)मा मात्र एक खर्ब ८२ अर्ब ८३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस अवधिमा बैंक तथा फाइनान्सहरुले कुल ३५ खर्ब ६५ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ खर्ब ८५ अर्ब ६२ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र चालू आवको पछिल्लो सात महिनामा कुल ३० खर्ब ६८ अर्ब ५६ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी २७ खर्ब ५४ अर्ब १० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा हायर पर्चेज क्षेत्रमा मात्र एक खर्ब ४५ अर्ब २७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस अवधिमा विकास बैंकहरुले भने कुल चार खर्ब १५ अर्ब ३८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ५७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा मध्ये विकास बैंकहरुले घरजग्गा क्षेत्रमा मात्र प्रवाह गरेको कर्जा रकम ३१ अर्ब ४४ करोड ५० लाख रुपैयाँ रहेको छ । फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो सात महिनामा ८१ अर्ब ४० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा हायर पर्चेज क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम छ अर्ब १२ करोड २० लाख रुपैयाँ रहेको छ ।
राष्ट्र« बैंकका अनुसार गत आवको सोही अवधिमा भने २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरुले हायर पर्चेज क्षेत्रमा मात्र एक खर्ब ८३ अर्ब ९० करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप ३० खर्ब ८४ अर्ब ९० करोड ६३ लाख २० हजार रुपैयाँ रहेको थियो भने कुल कर्जा २७ खर्ब ६१ अर्ब ८४ करोड ३२ लाख २० हजार रुपैयाँ रहेको थियो ।
उक्त अवधिमा वाणिज्य बैंकहरुले मात्र २६ खर्ब ७६ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ८९ अर्ब १० करोड २२ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो मध्ये हायर पर्चेज क्षेत्रमा मात्र वाणिज्य बैंकहरुले एक खर्ब ४६ अर्ब १६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरुले भने गत आवको सात महिनामा तीन खर्ब ४१ अर्ब १९ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब आठ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा हायर पर्चेज क्षेत्रमा मात्र ३१ अर्ब ३७ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरुले भने गत आवको सात महिनामा ६७ अर्ब रुपैयाँको हाराहारीमा निक्षेप संकलन गरी ६३ अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा मध्ये हायर पर्चेज क्षेत्रमा मात्र प्रवाह भएको कर्जा रकम तीन अर्ब ४२ करोड रुपैयाँको हाराहारीमा रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया