Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदराजको ‘पे–डेको झट्का’ अभियान

दराजको ‘पे–डेको झट्का’ अभियान


काठमाडौं । अनलाइन बजार दराजले ग्राहकलाई मध्यनजर गर्दै ‘पे–डेको झट्का’ अभियान घोषणा गरेको छ । प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभ प्राप्त गर्नको लागि ‘पे–डे’को सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

यो महिनामा पे–डेको झट्का अभियान ४ दिन (असार ७–१० गते) सञ्चालन हुनेछ । यसको ट्यागलाइन, ‘किनमेल पनि बचत पनि’ले दराज अनलाइन सपिङका साथै पर्याप्त बचतको दोहोरो फाइदामा जोड दिएको छ । ‘दराजले किनमेल मात्र नभै बचतमा पनि जोड दिन्छ, तसर्थ मासिक आम्दानी गर्नेहरूका लागि उच्चस्तरीय सपिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पे–डेको झट्का ग्राहकहरूको लागि एक अवसरको रूपमा अगाडि आएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार अब हरेक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकहरूले निःशुल्क डेलिभरी, सात सय ७७ रुपैयाँसम्मको भौचर, इ–सेवामार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् । यस्तै, मेगा गिभअवेको रूपमा ग्राहकहरूले सामसङ ग्यालेक्सी ४ प्राप्त गर्न सक्नेछन् । क्याम्पेनमा सहभागी हुन ग्राहकले दराजको वेबसाइटमा गएर वा दराज मोबाइल एप डाउनलोड गर्न सक्ने छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया