Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसांस्कृतिक संस्थानको वार्षिकोत्सव

सांस्कृतिक संस्थानको वार्षिकोत्सव


काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१ औँं वार्षिकोत्सव मनाएको छ । संस्थानले वार्षिकोत्सवको अवसरमा विभिन्न स्रष्टालाई पुरस्कारसमेत प्रदान गरेको छ ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न समारोहमा वरिष्ठ गायक÷संगीतकार तथा साहित्यकार गणेश रसिकलाई ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’ बाट सम्मानित गरिएको छ । उनलाई ५१ हजार रुपैयाँसहित दोसल्ला ओढाएर ताम्रपत्रबाट सम्मानित गरिएको हो । सांस्कृतिक संस्थानमा महाप्रबन्धकको रूपमा रहेर उनले काम गर्नुका साथै आजीवन नेपाली संगीत क्षेत्रमा योगदान पु-याएकाले दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताए ।

समारोहमा सभामुख देवराज घिमिरेले तीन जना कलाकारलाई र एकजना उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरे । कार्यक्रममा सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८०बाट वरिष्ठ गायक÷संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईलाई पुरस्कृत गरिएको छ । सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८०बाट वरिष्ठ नृत्य कलाकार विमला श्रेष्ठ क्षत्रीलाई र सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८०बाट अभिनेत्री सुष्मा शाहीलाई पुरस्कृत गरिएको थियो । संस्थानमा रहेर लामो समय काम गरेको र सम्बन्धित विधामा निरन्तर योगदान दिएको भन्दै जनही ५१ हजार रुपैयाँसहित यी तीन कलाकारलाई पुरस्कृत गरिएको हो । यो वर्षको सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८० नृत्य निर्देशक केशवराज राईलाई प्रदान गरिएको छ ।

कार्यक्रममा सभामुख घिमिरेले देशभरका लोक संगीत, लोक नृत्य र लोक संस्कृतिलाई एउटै मालामा गाँसेर प्रस्तुतसँगै संरक्षण गर्ने काममा सांस्कृतिक संस्थानको ठूलो योगदान रहेको बताए । कार्यक्रममा हिमालदेखि तराईसम्मका विविध गीत संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया