Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगर भन्सारबाट प्रतिबन्धित रिसाइकल प्लास्टिक दानाको आयात

विराटनगर भन्सारबाट प्रतिबन्धित रिसाइकल प्लास्टिक दानाको आयात


विराटनगर । सरकारले आयातमा प्रतिबन्ध लगाएको रिसाइकल प्लास्टिक दाना पटकपटक सेटिङमा विराटनगर भन्सारको नाका प्रयोग गर्दै नेपाल भित्र्याउने गरेको पाइएको छ । विराटनगर भन्सारमा भन्सार प्रतिनिधिका रूपमा भन्सार जाँचपासमा संलग्न रहँदै आएका भन्सार प्रतिनिधि निरञ्जन अग्रवालले भन्सार कर्मचारीकै सेटिङमा सरकारले प्रतिबन्ध लगाएको रिसाइकल प्लास्टिकको दाना नेपाल ल्याउने गरेको पाइएको हो । केही दिनअघि सुनसरीको धरान उपमहानगरपालिका खनारमा उद्योग सञ्चालन गर्दै आएको हनुमन्ता ग्रुपका नाममा भारतबाट आयात गरिएको तीनवटा ट्रकमा करिब ६० हजार मेट्रिकटन रिसाइकल प्लास्टिकको दाना विराटनगर भन्सारको आईसीपियार्डमा आएपछि त्यसको रहस्य खुुलेको हो । बातावरण प्रदूषण एवं हानिकारक भएको भन्दै सरकारले आयातमा प्रतिबन्ध लगाएको जानकारी हुुँदाहुुँदै भन्सार प्रतिनिधि अग्रवालले सेटिङमै भन्सार जाँचपास गराउने प्रयास गरेपछि प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले उक्त दाना आयातमा रोक लगाएका छन् । हाल उक्त प्लास्टिकको दाना भन्सार यार्डमा नै थन्किन पुगेको छ ।

उक्त दाना छोडाउनका लागि भन्सार सेटिङमा खप्पिस रहेका भन्सार प्रतिनिधि अग्रवाल प्रयासरत रहेको भन्सार स्रोतले जनाएको छ । तर प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल उक्त प्लाष्टिकको दान जफत गरी नष्ट गर्ने अभियानमा रहेका छन् । नेपालमा आयात प्रतिबन्ध लगाएको वस्तुु आयात गर्ने हनुमन्ता ग्रुपका भन्सार प्रतिनिधि अग्रवाल भने दाना भारत नै फिर्ता पठाउने भन्दै प्रमुख भन्सार अधिकृत ढकालसँग हारगुहार गरिरहेका छन् ।

नेपालमा भर्जिन प्लास्टिक दाना मात्रै आयात हुुँदै आएको छ । रिसाइकल प्लाष्टिक दाना आयातमा भने प्रतिबन्ध रहेको सुनसरी मोरंग औद्योगिक करिडोरका प्लाष्टिक उद्योगीको भनाइ छ । भर्जिन प्लास्टिक दाना अयात गर्दा प्रतिकेजी दुई सय रुपैयाँसम्म मूल्य पर्ने तर रिसाइकल प्लास्टिक दाना आयात गर्दा प्रतिकेजी एक सय २५ मूल्य मात्रै पर्ने हुुँदा बढी मुुनाफाका लागि केही छद्म उद्योगीहरूबाट भन्सार सेटिङमै हानिकारक वस्तु आयात गर्ने गरेको एक उद्योगीले बताए । रिसाइकल प्लाष्टिकको दाना एनएस नपाएका प्लास्टिकको पाइप र प्लास्टिकको सुत्री बनाउने मात्रै काममा प्रयोग हुने गर्दछ ।

उद्योगहरूले पीपी, एलडी, एलएलडीपी र एसडी प्लास्टिकका दाना मात्रै आयात गर्दै आएका छन् । यी प्लास्टिकका दाना आयात गर्दा पाँच प्रतिशत अन्तशुुल्क, १० प्रतिशत भन्सार र १३ प्रतिशत मूअकर लाग्ने गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया