Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसानिमा बैंकका ग्राहकहरूलाई नागरिक कम्युनिटी हस्पिटलमा छुट

सानिमा बैंकका ग्राहकहरूलाई नागरिक कम्युनिटी हस्पिटलमा छुट


काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न नागरिक कम्युनिटी टिचिङ हस्पिटल, गठ्ठाघर, भक्तपुरमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ । सानिमा बैंकका ग्राहकले औषधी र अपरेसनसम्बन्धी शुल्कमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । बैंकको हाल सातै प्रदेशमा एक सय ३२ वटा शाखा कार्यालय तथा एक सय २२ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया