अमेरिकाले आज नेपालबाट आफ्ना नागरिक लैजाने
काठमाडौं,बैशाख ९
विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देश अमेरिकाले कोरोनाबाट न्यून प्रभावित नेपालबाट आज मंगलबार आफ्ना नागरिक लैजाने भएको छ । अमेरिकाले आफ्नै देशको विमान पठाएर नेपालमा रोकिएका थप अमेरिकीलाई लैजान लागेको हो ।
अमेरिकी नागरिक लिन त्यहाँको विमान मंगलबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ । यसअघि अमेरिकाले कतार एयरवेजको जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको थियो ।
यस्तै, रोयल फ्लाइट एयरलाइन्सले एक सय दश रुसी नागरिक सोमबार काठमाडौंबाट लगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुसी नागरिक लिएर रोयल फ्लाइटको चार्टर्ड जहाज रसिया उडेको हो ।
रसियाको जोइन्ट स्टक कम्पनीद्वारा सञ्चालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट रुसी नागरिक लिन सोमाबार बिहान काठमाडौँ आएको थियो । लकडाउनका कारण नेपालमा रोकिएका नागरिक लैजान उक्त जहाजले चार्टर्ड उडान भरेको हो । नेपालस्थित रुसी दूतावासको पहलमा रसियाले आफ्ना नागरिक जहाज चार्टर्ड गरी स्वदेश फर्काएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख सहयोग
- आरएसडीसी लघुवित्तको लाभांश घोषणा
- स्वालम्बन लघुवित्तको साधारणसभाको आह्वान
- बेष्ट फाइनान्सको साधारणसभा आह्वान
- निषेधाज्ञा तोडेर कास्कीमा रास्वपाले गर्यो प्रदर्शन
- पूर्वगृहमन्त्री लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै
- ज्वलनपीडितको निःशुल्क उपचार प्रयासमा सरकार
- कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया