Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लकडाउन’ले वन्यजन्तु सप्ताह प्रभावित

‘लकडाउन’ले वन्यजन्तु सप्ताह प्रभावित


महेन्द्र शाही
सोलुखुम्बु,बैशाख ९

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले आयोजना गर्दै आएको वन्यजन्तु सप्ताह कार्यक्रम प्रभावित भएको छ । वि.स २०५३ सालदेखि निरन्तररूपमा मनाउँदै आएको कार्यक्रम वन्यजन्तु सप्ताह कोरोनाका कारण यस वर्ष प्रभावित भएको निकुञ्जका प्रमुख भुमिराज उपाध्यले जानकारी दिए ।

कोरोनाका कारण देश लकडाउनका रहेकाले आइतबार एक दिन निकुञ्ज कार्यालय परिसर र नाम्चे बजार क्षेत्रमा सरसफाई गरेर यो वर्षको कार्यक्रम औपचारिक रूपमा सकाइएको कार्यालयले जनाएको छ । यो वर्ष पृथ्वीको जीवनतता समग्र जीवनको सुनिश्चितता भन्ने मूल नाराका साथ २५औँ वन्यजन्तु सप्ताह मनाउने कार्यक्रममा रहेको थियो ।

आइतबार सरसफाईसँगै वातावरण संरक्षकाका विषयमा जनचेतना जगाउने उद्देश्यले एक दिन भए पनि कार्यक्रम गरिएको निकुञ्जका प्रमुख उपाध्याले बताए । सरकारले भीडभाड गर्नमा रोक लगाएकाले यो वर्ष कार्यक्रम आयोजना गर्न नसकिएको बताइएको छ । हरेक वर्ष बैशाख एकदेखि ७ गते सम्म एक हप्ता सम्म विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाइने गरिन्छ । एक हप्तासम्म कार्यक्रम गर्न नसके पनि एक दिन मात्र भए पनि कार्यक्रम गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

कार्यक्रममा सामुदायिक दूरी कायम गरी सरसफाइ गरिएको स्थानीय खगिन्द्रराज बास्तोलाले बताए । अघिल्ला वर्षहरूमा धुमधामका साथ मनाइने कार्यक्रम यो वर्ष भने औपचारिकतामा समित भएको जनाइएको छ । एक दिन मात्र मनाइएको कार्यक्रममा खुम्बु पासाङ ल्हामु गाउँपाकिला वडा नम्बर ५ का वडा अध्यक्ष छिरिङ फेन्जो शेर्पा, समशेर गुल्म, सगरमाथा प्रदूषण नियन्त्रण समिति, होटल व्यवसायी संघ, इलाका प्रहरी कार्यालय नाम्चे, नाम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x