Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबर्गर हाउस गठ्ठाघरको सक्रियतामा दैनिक दुुई सयभन्दा बढी बटुुवालाई निःशुल्क भोजन

बर्गर हाउस गठ्ठाघरको सक्रियतामा दैनिक दुुई सयभन्दा बढी बटुुवालाई निःशुल्क भोजन


भक्तपुर,बैशाख ९
भक्तपुरको गठ्ठाघरमा रहेको बर्गर हाउसको सक्रियतामा दैनिक ज्यालादारी, भाडामा बस्ने तथा बटुुवाहरूले निःशुल्क भोजनको सुविधा पाएका छन् । हुुनेबाट संकलन नहुुनेलाई वितरण भन्ने मुुख्य नारासहित मध्यपुर थिमी नगरपालिका, बर्गर हाउस, मानवीय आस्था नेपाल, नागरिक हस्पिटल र भक्तपुुर जिल्ला खेलकुुद समिति समेतको सहकार्यमा लकडाउनबाट पीडित सर्वसाधारणलाई निःशुल्क भोजनको व्यवस्था गरिएको निःशुल्क खाना व्यवस्थापन समितिका तर्फबाट सुरज पसखलले बताए ।

‘लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुरको रोजगारी संगै रोजीरोटी पनि गुुमेको र घर जानसमेत नपाएका व्यक्तिहरूलाई थोरै भए पनि राहत दिनको लागि हामीले निःशुल्क भोजनको व्यवस्था गरेका हौ’, उनले भने, ‘वैशाख सात गतेदेखि सुरु गरिएको यो व्यवस्था वैशाख १५ गतेसम्म कायम रहन्छ, त्यस पनि पनि लकडाउन बढ्यो भने हामी बढेको समयमा पनि निःशुल्क खानाको व्यवस्था गर्छो ।’

पहिलो दिन दुुई सयभन्दा बढी सर्वसाधारणहरूलाई निःशुल्क खानाको व्यवस्था गरेकोमा दोस्रो दिन सोमबार पनि सोही संख्यामा सर्वसाधारणहरूलाई निःशुल्क भोजनको व्यवस्था गरेको उनको भनाइ छ । ‘दैनिकरूपमा दुुई सयभन्दा बढीलाई खानाको व्यवस्था गर्दा प्रतिदिन १५ हजार रूपैयाँ खर्च हुन्छ, यो सबै खर्च अहिले हामीले स्वमसेवक साथीहरूबाट नै व्यवस्थापन गर्दै आएका छौँ । हालसम्म व्यक्तिगतरूपमा कुनै पनि दाताले सहयोग नगरेको र सहयोग गर्ने कुरा भने गरेका छन्’, पसखलले भने । यहाँ खाना खान आउने बटुुवाहरू विशेषगरी काभ्रे, सिन्धुुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुुंगालगायतका क्षेत्रमा जानको लागि हिँडेका व्यक्तिहरू रहेको समेत उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x