बझाङ । स्थानीय सरकार बनेपछि गाउँघरमा विकासका पुर्वाधारहरू धमाधम निर्माण हुन थालेका छन् । तर गाउँतिर विकास हुन थालेपछि यहाँका स्थानीय भने सहरतिर बसाइँ सर्न थालेका छन् । अहिले दिनप्रतिदिन गाउँ छोड्नेको सङ्ख्या बढ्दो क्रममा छ । दशकअगाडि गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे ।
तर अहिले गाउँ–गाउँमा टोल–टोलमा विकास पुगेको छ, तर मान्छे छैनन् । गाउँमा ढुङ्गा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् । स्थानीय गाउँवासीमा महत्वाकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको पिमी गाउँका जेष्ठ नागरिक बिर्जन सिंह बताउँछन् । एक दशकअगाडिसम्म पिमी गाउँ निकै रमाइलो भए पनि बसाइँसराइका कारण चहलपहल हराउन थालेको सिंह बताउँछन् ।
विसं २०७१ मा मात्रै सडकले जोडिएको यो बिकट गाउँमा अहिले विकासले गति लिँदै गएको छ । तर उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै सहर छिर्न थालेका छन् । ‘उतिबेला अहिलेको जस्तो मोटर गाडी आउँदैन’थे, बाटो नै बनेको थिएन, हामीहरू महिना दिन लगाएर बनमास झुलाघाट डडेलधुरा पुगेर ढिके नुन, चामल, मकै, खुद्रा पसलको सामान बोकेर ल्याउँथ्यौँ’ सिंह भन्छन्, ‘चप्पल लगाउने चलन थिएन, खाली खुट्टा हिँड्थ्यौँ, अहिलेको जस्तो फेसन–फेसनका लुगा थिएनन्, भोटो लगाउँथ्यौँ ।’ बिजुली नभएर दियालो वा टुकी बालेर दिन बिताउनु पर्ने यो गाउँमा अहिले बिजुली पुगेको छ । तर पनि स्थानीय भने बजार झर्न थालेको सिंहको गुनासो छ ।
गाउँमा सडक नआउँदासम्म स्थानीय गाउँमै दुःख गरेर बसेको भन्दै गाउँमा विकास आउन थालेपछि बजार भर्न थालेको उनको भनाइ छ । स्थानीय विदेश जान थालेपछि उनीहरूमा महत्वाकाङ्क्षा बढी हुँदै गएको र बसाइँसराइ गर्न थालेको सिंह बताउँछन् । उनी भन्छन्, ‘पहिले विदेश जानेको सङ्ख्या कम थियो, धेरै गाउँमा खेतीपाती गर्ने, गाउँमै कामधन्दा गर्ने गर्थे, सीमा नजिकै रहेको छिमेकी मुलुक भारतको ब्याङ्लोरलगायत विदेश जाने बाटो सहज बनाइदिएपछि धेरै घरधन्दा छोडेर बाहिर जान थाले’, उनले भने, ‘पैसा कमाउन थालेपछि उनीहरूलाई गाउँभन्दा सहर बजार मन पर्न थाल्यो, त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन् ।’
अबको केही समयपछि गाउँमा एकैपटक धेरै आयोजनका काम गर्नुपरे उपभोक्ता समितिमा बस्ने मान्छे समेत नहुने स्थानीय देवीजंग सिंहले बताए । उनले जनसङ्ख्या बढी भएको ठाउँमा विकास पनि धेरै हुने र आयआर्जन पनि बढी हुने भन्दै जनसंख्या नहुँदा अब यहाँ विकास र आयआर्जन पनि कम हुन थालेको बताए । गाउँबाट धनगढी, महेन्दनगर, नेपालगञ्ज, टिकापुर, फुलबारीलगायतका सहरमा बसाइँसराइ गरेर जानेको सङ्ख्या ठूलो रहेको छ । बजारको जस्तो सेवासुविधा गाउँमा नल्याएसम्म बसाइँसराइ रोक्न गाह्रो भएको उनको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
- कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया